logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा छुट


  • जन आकाश
  • बिहिबार, असोज ११ २०८०

काठमाडौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी आफ्ना ग्रहकहरुलाई विशेष छुटमा सेवा पाउने सम्झौता गरको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।



उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

सुमेरु हस्पिटलको ओपिडी र आईपिडीमा १० प्रतिशत, औषधिमा ५ प्रतिशतले छुट पाउनेछन् । त्यसैगरी यसियन बुद्ध होटल भैरवामा फुड बेभरेजमा १० प्रतिशत र स्पामा २० प्रतिशत छुट सेवा लिन सक्नेछन् । त्यसैगरी मल्ल फेन्सी आबुखैरेनी तनहुमा १० पतिशत छुट सेवा लिन सक्नेछन् । त्यसैगरी अर्को रिशु ब्युटीपालर हेटौडा मकानपुरमा १० प्रतिशत छुट सेवा प्राप्त गर्नेछन् । त्यैगरी ब्युटीफुल कलेक्शन बासबारी काठमामडौमा कबडा आइटममा १० प्रतिशत र ब्याग र जुत्ता आइटममा ५ प्रतिशत छुटको सेवा लिनसक्ने गरी बैकले ति संस्थाहरुसँग सम्झौता गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend