logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बागमति प्रदेशको अध्यक्षमा कैलास ढुङ्गेल निर्वाचित, कस्ले कति मत ल्याए


  • जन आकाश
  • शनिबार, असोज १३ २०८०

काठमाडौं । नेकपा एमाले वागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।



शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुंगेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् । रामेछापको पकारवासमा जन्मेका डुङ्गेल नेकपा ( एमाले ) का केन्द्रीय सदस्य समेत हुन। भने प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् ।२०७९ सालको प्रतिनिधि सभा सदस्यका उम्मेदवार ढुङ्गेल नेपाली काङ्ग्रेसका उम्मेदवार कान्छाराम ठेकदारसङ पराजित भएका थिय। तिनै ढुङ्गेलले बागमतीको बागडोर समाल्ने अवसर पाएकाछन । उनले निकटम प्रतिस्पर्धी दाहालाइ २५७ मतको भारि अन्तरले पराजित गरेका हुन पराजित हुने दाहालले प्राप्त गरेको मत ४३९ रहेको छ ।

उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरेर विजयी हाशिल गरेका हुन।
त्यसैगरी  सचिवमा नवराज सिलवाल विजयी भएका छन् ।सचिवमा नवराज सिलवाल एक मतले विजयी भएका हुन । सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।

यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ मत ल्याइ विजयि भएका हुन । उनको प्रतिस्पर्धामा  भक्त कुमारी लामाले ५३६ मत ल्याएकि छन्  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend