logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आइएमई पे बाट SIP भुक्त्तानी सजिलै गर्न सकिने


  • जन आकाश
  • आइतबार, असोज १४ २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो Systematic Investment Plan (SIP ) को रकम भुक्तानी गर्न सक्ने भएका छन् ।



SIP भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एन आई सी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरूले एन आई सी एशिया क्यापिटल को NIC Asia Dynamic Debt Fund  तथा कुमारी क्यापिटलको Kumari Sunaulo Lagani Yojana  को SIP Installment  तथा Unit Purchase को भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend