logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सनराइज क्यापिटल लिमिटेको १३ औं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज १४ २०८०

 काठमाडौं । लक्ष्मी सन्राईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा मिति २०८०/६/१०गते बुधवारका दिन आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ ।



वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात,नाफा–नोक्सान हिसाब,नगद प्रवाहविवरण प्रस्तावपारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरियो ।

साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयर होल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सन्राइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ ।

साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित् भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend