logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सोराडी कृत मुक्तक संग्रह रुपान्तरण बिमोचन


  • जन आकाश
  • आइतबार, असोज १४ २०८०

काठमाडौ । हामी र हाम्रो कृति’’ समूहको आयोजनामा कर्ण दयाल ‘सोराडीद्वारा’ लिखित मुक्तक संग्रह ‘रूपान्तरण ‘ अनामनगर स्थित सामाजिक बिकाश समाजको सभाहलमा आयोजित कार्यक्रममा बिमोचन गरिएको छ ।



यसअघि आँखासामु गजलसंग्रह, लगायत पर्दापछाडी, डुब्याकि जुन डोटेली भाषामा गजलसंग्रह , लकडाउन,आमनेसामने गरि पाँच गजलसंग्रह तथा बेवारिसे लौरो कविता संग्रह , लघुकथाको सुगन्ध संयुक्त संग्रह लगायत थुप्रै फुटकर साहित्य सृजना गरि दर्जनौं पुरस्कारले पुरस्कृत भइसकेका ८ औं कृतिका सर्जकका ‘रुपमा ‘सोराडी’ देखा परेका छन् ।

वरिष्ठ विश्लेषक, समालोचक प्रा। डा। गोविन्द मानसिंह कार्कीको प्रमुख आतिथ्यता तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व का साथै बरिष्ठ नियात्राकार तथा मदन पुरस्कार विजेता युवराज नयाँघरे तथा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापा लगायतको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

लोकार्पित कृतिका समालोचनाका क्रममा कवि, आख्यानकार तथा बिश्लेषक माधव बिडारी ‘चेतनपथ’ ले जव रचनामा जीवन समाज र सिंगो युगको आवाज बुलंद हुन्छ तव एक सुन्दर तथा गहन कृतिको जन्म हुन्छ भन्दै सर्जकलाई रुपान्तरणका लागि शुभकामना ब्यक्त गरेका छन् ।

नम्रता उप्रेतीद्वारा स्वागत गरिएको उक्त कार्यक्रममा ‘हामी र हाम्रो कृति’ समूहका संयोजक मदन नेपालद्वारा समूहको उदेश्य र भावि कार्यक्रम बारे प्रकाश पारेका थिए । शुभकामना मन्तव्यका क्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार विजयध्वज थापाले जीवनलाई जीवन्तता, प्रदान गर्न जनमनको आत्मिक आवाज बुलन्दिका लागि मुक्तक संग्रह रुपान्तरण सफल रहेको बिचार व्यक्त गर्दै कृति सफलताको कामना गरेका छन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ विश्लेषक तथा समालोचक प्रा। डा। गोविन्द मानसिंह कार्कीले सृजनात्मकता सिद्धांतमा नभइ अभिव्यक्ति स्वतंत्रताको आवाज हुनुपर्ने कुरामा जोड दिंदै सोराडी त्यसमा सशक्त रुपमा प्रस्तुत भएका बताएका छन् । यसैक्रममा यसैक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीले ‘सोराडी’ का मुक्तक जनआवाजका दृष्टिकोणमा खरो उत्रिएको र भौतिक चेतको संबाहकको रुपमा मुक्तक सबल रहेको रहेको बताउदै शुभकामना ब्यक्त गरेका छन् ।

कार्यक्रममा उपस्थित भएका स्थापित सर्जकहरु मध्यबाट, प्रकाश घायल, लब खड्का, सुभद्रा अधिकारी, माया उपाध्याय, दिपक पनेरु, उदा़स नम्रता उप्रेती, नवराज पोखरेल ूनवशिलाू, र बद्री उप्रेतीले लोकार्पित कृतिबाटै मुक्तक वाचन गरेका थिए,भने भुवन सिवाकोटी ‘चौघरेद्वारा’ आकर्षक रुपमा कार्यक्रमको सहजकर्ताको भूमिका निभाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend