जन आकाश
सौराहा । चितवन, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्सकन्भेन्सन भव्यताका साथ सम्पन्न गरेको छ ।
कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्दकिसोर शर्मा, हेमन्त नहाटा,विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बिमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुन भएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्चम्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गरिएको थियो । उक्त आयोजित दोश्रो सेल्सकन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जानकारी गराए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend