logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • सोमबार, असोज १५ २०८०

दाङ । रोल्पामा डोजर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका-३ मसुरीयाका २२ वर्षीय अृमत चौधरी रहेका छन् ।



दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा १ज ११८७ नम्बरको जेसीबी आइतबार बेलुकी रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना परेको हो । दुर्घटनामा सहचालक चौधरीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डीएसपी श्याम सारुमगरले जानकारी दिए ।

प्रहरीले जेसीबी चालक २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend