logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

डेंगुका लक्षणहरु


  • जन आकाश
  • सोमबार, असोज १५ २०८०

काठमाडौं । सामान्यतया डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने रोग हो । डेंगु भएको मान्छेलाई भाइरल ज्वरो आएँछ ।



खासगरी, सुरुवाती चरणमा ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका लक्षण हुन् । डेंगुको खास उपचार भने छैन् । उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने, र आराम गर्ने डेंगुको उपचार हो । डेंगुबाट बच्न लाखुट्टेको टोकाइबाट बच्ने, घरवरिपरि पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने , लामो बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउने  र राति सुत्दा झुल लगाएर सुत्ने  गर्नुपर्दछ ।

यदि डेंगु लागेको छ भने अन्य औषधिहरू जथाभावी प्रयोग गर्नु हुँदैन । पानी धेरै खाने, अरू वेलाभन्दा यो वेला शरीरमा पानी कम हुने हुदाँ तीन–चार लिटर पानी बढी खाने  गर्नुपर्दछ । त्यस्तैगरी, धेरै मसाला, चिल्लो भएका खानेकुरा नखाने , झोलिलो खानेकुरा प्रशस्त खाने, बालबालिका तथा वृद्धवृद्धालाई लामखुट्टे आउने ठाउँमा नपठाउने र नराख्ने र लामखुट्टे भगाउने खालका मलम छालामा लगाइदिने  गर्नुपर्दछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend