logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सेन्साईको दशैं तिहार योजना बजारमा सार्वजनिक


  • जन आकाश
  • सोमबार, असोज १५ २०८०

काठमाडौं ।  जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नजिकिरहेको नेपालीहरुको चाड दशैं तिहार २०८० लाई लक्षित गर्दै यो दशै-तिहार, हरेक दिन टि.भी. उपहार  नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।



ग्राहकहरुले यो योजनाको लाभ भाद्र २७ गतेदेखि नेपालभरी सीमित अवधिका लागि उठाउन सक्नेछन । यो योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिद पश्चात लक्की ड्र मार्फत ४० दिन सम्म ४० भाग्यशाली ग्राहकहरुले प्रत्येक दिन सेन्साईको २४ इन्चको टि.भी.उपहार जित्न सक्नेछन् । सेन्साईका ग्राहकहरुले आफुलाई यो लक्की ड्रमा सहभागी गराउन दिइएको क्युआर कोड स्क्यान गरेर प्राप्त भएको फोर्ममा नाम, ठेगाना, फोन नम्बर र खरिद गरिएको सामान तथा वारेण्टी कार्ड नम्बर जस्ता विवरण भर्नुपर्नेछ । कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ ।

त्यसै गरि शुन्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लब  को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५% सम्म छुट पाउनु सक्नु हुनेछन् । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन ।

नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत
उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रबिभवन, किर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, गत्थाघर, टेकु ,नयाँ बजार र काठमाडौं बाहिर बनेपा, पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend