logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

सुशीला पौडेलको, कविता: ए आमा मलाइ पनि नेता बन्न दिनुहोस है


  • जन आकाश
  • मंगलबार, असोज १६ २०८०

कविता
ए आमा मलाई पनि नेता बन्न दिनुहोस् है



देशको नेता बनेर नाम कमाउने छु
धन सम्पत्ति प्रशस्त जमाउने छु
भ्रस्टचार गरेर देशको ढुकुटी रित्याउने छु
पराई सबैलाई सदाको लागि लत्याउने छु।
ए आमा मलाई पनि नेता बन्न दिनुहोस् है

चुनावी समय गाउँघरमा भाषण गर्ने छु
खोक्रा चुनावी नाराले जनताको पेट भर्ने छु
दुईचार दिन मासु भात टन्न खुवाउने छु
चुनाव पछि सारा जनता रुवाउने छु।।
ए बा मलाई पनि नेता बन्न दिनुहोस् है

एक दिनमा घरघरमा पानीको धारा जोडी दिनेछु
भनेको नमान्नेहरुको टाउको फोडी दिनेछु
आखिर दुईचार दिन भाषण नै ठोक्नु छ
गर्न सक्ने नसक्ने कुरा मात्र न खोक्नु छ।।।
ए आमा मलाई पनि नेता बन्न दिनुहोस् है

दाम कमाएर वृद्धा आश्रम खोल्ने छु
वृद्धा बा आमा जम्मा गरेर बोल्ने छु
बा आमालाई आश्रम लगेर राख्ने छु
घरमा मेरो रक्षा गर्न कार्यकर्ता पाल्ने छु।।।
ए आमा मलाई पनि नेता बन्न दिनुहोस् है

युवा जति फ्री भिषामा खाडी पठाउनु छ
उनीहरूले पठाएको रेमिट्यान्सको कर उठाउनु छ
देश खोक्रो भएर भाडमा जाओस् फरक पर्दैन
देश सकिएर के भो जनता कोही यहाँ मर्दैन।।।।
ए आमा मलाई पनि नेता बन्न दिनुहोस् है

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend