logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु


  • जन आकाश
  • मंगलबार, असोज १६ २०८०

दैलेख । दैलेखको दुल्लूमा टिप्पर दुर्घटना भएको छ । टिप्पर हिजो राति (सोमबार) अन्दाजि आठ बजे तल्लो डुङ्गेश्वरबाट दुल्लु जाने क्रममा दुल्लु नगरपालिका १ स्थित मन्डा टिमिला पानि नजिक दुर्घटनामा परेको हो । क.प्र. ०२००१ क १९९ नम्बरको टिप्पर दुर्घटना हुँदा दुल्लु ७ का चालक बर्ष ३३ का भुपेन्द्र थापाको मृत्युु भएको छ ।



सोही टिप्परमा बसेका अन्य २ जना घाईते भएका छन । घाइते हुनेमा दुल्लु नगरपालिका ७ बस्ने बर्ष ३५ का चन्द्र बहादुर थापा र प्युठानका बर्ष ३० का मुक्त प्रसाद उपाध्याय रहेका छन । घाईतेलाई उपचारको लागि दुल्लु अस्पतालले सुर्खेत रिफर गरेको छ । टिप्पर दुर्घटनाको कारण खुल्न नसकेको इलाका प्रहरि कार्यालय दुल्लुले जनाएको छ ।

इलाका प्रहरि कार्यालय दुल्लु र प्रहरि चौकि दुल्लु को टोलि राति करिब ९ बजे घटना स्थलमा पुगेर उद्दार गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend