logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कुमारी क्यापिटलको विशेष लगानी कर्ता सचेतना कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज २१ २०८०

काठमाडौं । कुमारी क्यापिटलले “विश्व लगानी सप्ताह २०२३” को अवसरमा विशेष लगानी कर्ता सचेतना कार्यक्रम आयोजना गरी स्थानीय लगानी कर्तामा वित्तीय साक्षरता प्रबद्र्धन गर्दै सम्पन्न गरेको छ ।



कार्यक्रममा नेपाल धितोपत्र बोर्ड (सेबोन), कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुखम मिनशाक्य र कुमारी क्यापिटलका मर्चेन्ट बैंकिङका प्रमुख सविन बुढाथोकी सहभागी थिए । पाल्पाको तानसेनमा बसोबास गर्ने स्थानीय लगानीकर्तालाई सेयर बजारमा सहभागिता जनाउन र लगानी सम्बन्धी जानकारीका निर्णय गर्नका सम्भावित फाइदा बारे जानकारी गराउने उद्देश्यले पाल्पास्थित कुमारी बैंक, पाल्पा, तानसेन शाखासँगको सहकार्यमा लगानी कर्ता सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

सेबोनको प्रतिनिधित्व गर्दै बसन्त रसालीले आफ्नो सम्बोधनमा नियामक अनुपालन र जिम्मेवार लगानीको महत्त्वमा जोड दिए । उनले नेपालको धितोपत्र बजारलाई नियन्त्रण गर्ने नियामक ढाँचामा अन्तर्दृष्टि प्रदान गरे र सहभागीहरूलाई सेबोनले तोकेका दिशा निर्देशहरूको पालना गर्दै लगानीका अवसरहरू खोज्न प्रोत्साहित गरेका थिए ।

कुमारी क्यापिटलका इन्भेष्टमेन्ट बैंकिङका प्रमुख ममिन शाक्यले सेयर बजारको लगानी रणनीतिबारे बहुमूल्य अन्तर्दृष्टि साझा गर्नुका साथै धितोपत्रमा लगानी गर्दा हुने दीर्घकालीन फाइदाहरूबारे चर्चा गरेका थिए । उनले सफल लगानी पोर्टफोलियो निर्माणमा अनुसन्धान, जोखिम व्यवस्थापन र विविधीकरणको महत्वलाई प्रकाश पारेका थिए ।

लगानी कर्ता सचेतना कार्यक्रममा स्थानीय लगानीकर्ताहरूको सक्रिय सहभागिता देखियो जसले उत्सुकता पूर्वक छलफलमा संलग्न थियो भने स्टक बजार लगानीको बारेमा प्रश्नहरू उठाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend