जन आकाश
काठमाडौ । नागर्जुन साहित्य प्रतिष्ठानले महिनाको तेस्रो शनिवार गर्दै आएको नियमित गोष्ठी यहि शनिवार प्रतिस्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सुसम्पन्न गरेको छ।
उक्त कार्यक्रममा सदाझैँ स्रष्टाहरूले आआफ्ना रचना वाचन गरे र सुनेका छन् ।
प्रमुख अतिथि तथा टिप्पणीकार हुनुहुन्थ्यो मूर्धन्य साहित्यकार रामप्रसाद ज्ञवाली ।
सुजिता अविरलले गजल वाचन गरी दैलो उघारेको सो कार्यक्रममा छन्दकवि कविराज पौडेल, प्रकाश सिलवाल, भावकेशर बराल, हिरा शर्मा, दिल पौडेल, युवराज नास्तिक, लक्ष्मणदेव पाण्डे, सुशीला प्रधानाङ्ग, अर्पणा खड्का, सुशीला शर्मा, प्रतिभादेवी न्यौपाने, वैरागी जेठा, केशव घिमिरेलगायत सर्जकले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।
वाचित रचनामाथि सोलोडोलो टिप्पणी गर्दै प्रमुख अतिथि ज्ञवालीले केही रचना थप माझिँदा र परिष्कृत बनाउँदा तिनको गरिमा थप उचो हुने राय राखे। नागार्जुनले प्रशिक्षणमूलक कार्यक्रम अघि सार्दा अझ प्रभावकारी हुने उनको अभिमत थियो । विधागत ढङ्गले लेखन प्रशिक्षण गराउँदै लेखनलाई बढावा दिन सके नागार्जुनले आफ्नो औचित्य अझै बेसी पुस्टि गर्न सक्छ भन्ने आफ्नो अवधारणा रहेको उनको प्रस्टोक्ति थियो ।
कार्यक्रममा वैकुण्ठ बेलबासे, कल्पना न्यौपाने, विष्णुहरि देवकोटा, लीलाराज पहाडीको पनि समुपस्थिति थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका महासचिव युवराज नास्तिकले गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend