जन आकाश
काठमाडौं । धितोपत्र बजार नियमननिकायको अन्र्तराष्ट्रिय संस्था International Organization of Securities Commission (IOSCO) को आह्वान माधितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यहि २०८० असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले MBAN कलेज क्यापिटलमा र्केट हाजिरी जवाफ प्रतियोगिता– २०२३आयोजना गरिएको थियो ।
यहि क्रममा मिति२०८० असोज २१ गते हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफम्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेज मेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफम्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए ।
द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि –काठमाडौं कलेज अफम्यानेज मेण्ट,काठमाडौं युनिभर्सिटि स्कूल अफम्यानेज मेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफम्यानेजमेण्टबीच सोहि दिनको अन्तिम चरणको ग्राण्डफिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।
ग्राण्डफिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र ¥यापिडफायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र रु. एक लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend