जन आकाश
काठमाडौ । पुर्णचन्द्र हदयङकृत मुक्तक संग्रह यहि मितिः २०८० साल असोज २० गते वालुवाटारमा एक कार्यक्रम गरी विमोचन गरिएको छ । लिलाध्व प्रतिष्ठानका अध्यक्ष बिजयध्वज थापाको सभापतित्वमा,सुसेली पवर्तक दुर्गा अधिकारी भमरकोटेको प्रमुख आतिथ्यमा,कवि तथा साहित्यकार नरेन्द्रकुमार नगरकोटीले सग्रहको समिक्षा गरी विमोचित भएको हो ।
सोही अवसर पारेर बिभिन्न लेखकहरुले आफ्ना कविता, मुक्तक, गजल, सुसेली गाएका थिए । कार्यक्रमको सञ्चालन प्रदिप सापकोटाले गरेका थिए । स्वगत मन्तव्य शुभद्रा अधिकारीले गरेकी थिइन । स्वागत मन्तव्य मदन नेपालले गरेका थिए ।
सहभागी भई कविता, गीत, गजल बाचन गर्ने साहित्यकारहरुको नामवली यस प्रकार छ ।
मुक्तक वाचन, कवि नम्रता उप्रेती
कवि रवीन्द्र आशिष शैली
वेद विज्ञ तिलकप्रसाद लुइँटेल
कवि बद्री उप्रेती
कवि टेकबहादुर
कवि जिज्ञासु पौडेल तिलक
कवि योगराज आचार्य छिमेकी
कवि बिष्णु थापा
कवि निलञ्जना भारद्वाज
कवि सुरेश बैध्य
कवि नवराज पोखरेल नवशिला
कवि उषा केसी
कवि सुनिल अधिकारी
कवि भुवन शिवाकोटी चौघरे
कवि मानन्धर अभागी
कवि सुचिता काफ्ले
फोटो भिडियो तर्फ सम्पादक मोहन कार्की, कवि रुद्र अधिकारी र कवि राजन न्यौपाने लगायत दर्शक दीर्घामा ३० जना अन्य महानुभावहरूको उपस्थिति थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend