जन आकाश
काठमाडोैं । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २५) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेज (Individual Package) मा प्रोमोसनल अफर (Promotional Offer) उपलब्ध गराउने भएको छ ।
यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर NT Fiber सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड (Speed) लाई २५० प्रतिशतसम्म पुग्नेगरी व्याण्ड विथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो ।
यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरह नुभएका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्नसक्नेछन् । यसैगरी ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहनुभएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्न सक्नेछन् ।
हाल ८० एमविपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको Fair Usage Policy लिमिटलाई समेत बढोत्तरी गरिएको छ । साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend