logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रेशम थापाको दशै आयो बजारमा


  • जन आकाश
  • शुक्रबार, असोज २६ २०८०

काठमाडौ । रेशम थापाको रचना तथा लयमा रहेको दशै आयो नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतलाई मिठो स्वर दिएर गायक दिनेश भण्डारीले अझै राम्रो बनाएकाछन् । त्यसैगरी गायनमा दिनेशलाई ईश्वर सापकोटा, बिष्णु थापा, सुशिला देवकोटा, चन्द्रावती नेपाली र लक्ष्मी तिमल्सिनाले संयुक्त स्वरमा साथ दिएकाछन् ।



त्यसैगरी गीतको मिक्सिङ हेमराज डागीले गरेकाछन् हुन् भने मालिका स्टुडियोमा रेकर्ड भएको हो ।

गीत जति लोकप्रीय छ । त्यसलाई भिडियोमा सुन्दर ढंगवाट उतार्न भुमिका निभाएकाछन् । भिडियो निर्देशक होम गैरेले त्यसलाई भिडियो सुन्दर बनाउन छायाङकन केशव अधिकारी (खत्री)ले गरेकाछन् ।

म्युजिक भिडियोमा कलाकार श्रृर्जना मगर, राकेश थापा, विनोद कडेल, सरण थामी, राधिका गिरी, अप्सरा पराजुली, नरमाया फुयालको उत्कृष्त अभिनय रहेको छ ।

 

उक्त गीत दिनेश भण्डरीको अफिसियल च्यानलवाट लगइन गरेर हेर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend