logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

लीलाध्वज थापा साहित्य प्रतिष्ठान द्वारा साहित्यकार प्रमोद प्रधान सम्मानित


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाद्वारा दश हजार नगद राशि सहित ‘लीलाध्वज थापा स्रष्टा सम्मानले’ सम्मानित गरिएको छ ।



सम्मानित भएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुगृहीत भएको कुरा व्यक्त गर्दै स्व. लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । लीलाध्वज थापाको मन उपन्यास ०२९ साल तिरै पढेको चर्चा गर्दै उनका नाटक,हांस्यव्यङ्ग्य,कविता समेत विशिष्ट रहेको औंल्याउदै दाह्री निबन्धको बारेमा चर्चा गरेका छन् ।

साहित्यकार प्रधानले बिपी,धनुष चन्द्र गोतामे,गोविन्द मल्ल गोठाले,पारिजात,विजयमल्लहरू कै बीचमा लीलाध्वज थापा समेत रहेकाले उहाँको उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएको र मन उपन्यासले २०१४ सालमा नै मदन पुरस्कार पाउनाको साथै ज्यादै चर्चित भएको उल्लेख गर्दै यस्ता राम्रा साहित्य पढ्न सुझाउंदै योग्य पिताको सुयोग्य पुत्रका रुपमा सुपरिचित मात्रै नभई स्थापित साहित्यकारका रुपमा रहेका प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको समेत साहित्यिक गतिविधिका बारेमा प्रशंसा गरेका छन् ।

अग्रज साहित्यकार रामप्रसाद पन्तद्वारा सहभागीहरु लाई स्वागत गर्दै सम्मानित भएका साहित्यकार प्रमोद प्रधानका विषयमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टा प्रधानले लामो समयदेखि नेपाली भाषा र साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्दै यस्ता व्यक्तित्वलाई सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म छयहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई सम्मानित गर्न पाउँदा अपार खुशी लागेको बताउँदै उपस्थित सम्पूर्ण स्रष्टा प्रति आभार व्यक्त गर्दै रचना वाचन गर्ने स्रष्टा हरुलाई कदर पत्रले सम्मानित गरिनुका साथै बिरामी भई उपचाररत साहित्यकार टंक अधिकारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रतिष्ठानको तर्फबाट नगद रु. ५०००/-सहयोग प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा.गोविन्दमान सिं कार्की, मुकुन्द न्यौपाने, उत्तम विचार , कुमार नेपाल, धरणीधर गुरागाईं,बद्री उप्रेती, माया उपाध्याय,दुर्गा अधिकारी ‘भमरकोटे’ ,रुद्र अधिकारी, मदन नेपाल, मानन्धर अभागी, नवराज पोखरेल “नवशिला” सुरेश वैद्य, महेश प्रसाद रिजाल, रोशन पोखरेल, राजु गौतम, राजेशमान केसी, राधा कार्की, इन्दु पन्त , डी. आर., सन्तोष श्रेष्ठ,राजबाबु श्रेष्ठ सागर, शम्भु प्रसाद गजुरेल, माधव लाल श्रेष्ठ,कल्पना काफ्ले, डिल्ली प्रसाद मुलतिउन, मनिला वन्त, शुशिला ढकाल, सुन्दर खडका, मीना आचार्य, इन्दिरा ढकाल, मुकुन्द पौडेल, सुचिता काफ्ले, जिज्ञासु पन्त, पूर्ण बहादुर श्रेष्ठ, माधव बिडारी ‘चेतनपथ ‘ प्रकाश घायल, डा.बमबहादुर जिताली, विरबहादुर लोहनी, टंक बहादुर लौडारी,एम पि पाण्डे, उमेश पाण्डे, अमृत भट्टराई,एन बी जनकपुरी, मोहन कार्की, समेत गरि ४७ जना स्रष्टाले आआफ्ना रचना वाचन गरिएको उक्त कार्यक्रममा स्रष्टा उत्तम बिचारद्वारा कुशलताका साथ सहजकर्ताको भूमिका निभाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend