logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपाली लेखक संघको चियापान तथा रचना वाचन कार्यक्रम सम्पन्न


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

काठमाडौ । नेपाली लेखक संघले विजया दशमीको अवसर पारेर काठमाडौको बागबजारस्थित पद्यमकन्या क्याम्पसमा शुभकामना आदान प्रदान चिया पान तथा रचना वाचन गरी सम्पन्न गरेको छ । नेपाली लेखक संघसँग आवद्ध साहित्यकार, लेखक, कलाकार, कवि लगायतहरुको उपस्थितिमा शुभकामना आदान प्रदान गर्नुंका साथै आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई अकर्षण र नेपाली मौलिकताको उत्सवमय बनाइएको छ ।



कविहरुको रचना वाचनको लागि कार्यक्रमलाई सहजीकरण विमुन्स पौडेलले गरेकी थिइन । उनले क्रमश नाम टिपाईका साहित्यकार, कवि, लेखक, मुक्तककार,लगायतलाई सहजीकरण गरी कार्यक्रम सभ्य र भव्य बनाएकी थिइन ।

रचना वाचन गर्नेहरुको नामवली यस प्रकार रहेको छ ।

अन्जना पौडेल, पार्वती अधिकारी, प्रकाश विमिल, मिशन अधिकारी, एचके धिताल, राजबाबु श्रेष्ठ सागर, चुडामणि देवकोटा, मुकुन्द पौडेल, सुशील पौडेल, राजेशमान के.सी, सुधा देवकोटा ढकाल, शारादा गौतम आचार्य, चन्द्रा न्यौपाने, सुशीला ढकाल अधिकारी, हिरा परियार, कल्पना अधिकारी भट्टराई, पुनम घिमिरे, जानुका थापा, दुर्गा अधिकारी भमरकोटे, डा. सैलेन्द्र प्रकार नेपाल, प्रा.डा. ओम शर्मा, जनार्दन धडकन अधिकारी, चेतनपथ माधव, विजय ध्वज थापा लगायतले रचना वाचना गरका हुन् ।

कार्यक्रममा अन्य व्याक्तित्वहरुको पनि उपस्थिति रहेको थियो । तर रचना वाचन गरेका थिएनन् हाल नेपाली लेखक संघका अध्यक्ष विसु कुमार केसी रहेकाछन् ।

“नेपालीहरुको वडा दशै सवैको सदभाव उल्लास र एकतामा वल पुगोस र साहित्यकारहरुका भावनात्क एकता होस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले जानकारी दिएका हुन् ।”

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend