जन आकाश
काठमाडौं । शान्तिनगर टोल विकास समिति वडा नं. ३१ सहित अन्य संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको दशैँ विशेष विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।
पतन्जली योग समिति काठमाडौं–३१, बाबुछिरी टोल सुधार समिति, शान्तिनगर गेट जागरुक महिला समुह, शान्तिनगर समाज, मिलिजुली टोल सुधार समितिले संयुक्त रुपमा वडा दशैँको शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।
शान्तिनगर टोल विकास समिती वडा नं. ३१ द्वारा संयुक्त रुपमा आयोजना गरेको गरेको जेष्ठ नागरिक सम्मान, चङ्गा उडाउने कार्यक्रम, लिङ्गे पिङ उद्घाटन तथा बडा दशैँ २०८० को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
बागमती प्रदेश सभा सदस्य माननीय सुरज चन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन तथा व्यवस्थापन शान्तिनगर गेट जागरुक महिला समुहले गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend