logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ओमानसँगको हार भएपनि नेपालको सेमिफाइनल पक्का


  • जन आकाश
  • बिहिबार, कार्तिक १६ २०८०

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा ओमानसँग ५ रनले पराजित भए पनि नेपाल नेपालको सेमिफाइनल पक्का भएको छ । नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।



कीर्तिपरस्थित टीयु मैदानमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो । रोमाञ्चक खेलमा नेपाललाई जितका लागि अन्तिम ओभरमा २६ रन आवश्यक थियो । विवेक यादवले सुरुवाती तीन बलमा लगातार छक्का हानेर जितको आशा कायम राखेका थिए । तर विवेक चौथो बल र करण केसी अन्तिम बलमा आउट भए पछि नेपाल हारेर चित्त बुुझाउन बाध्य भएको थियो ।

 

अन्तिम बलमा जितका लागि ६ रन आवश्यक भएका बेला करण आउट भएपछि ओमान ५ रनले विजयी हुँदै समूह ए को विजेता बनेको हो । नेपालका लागि विवेक यादवले २४ बलमा ५ छक्कासहित ३९ रन बनाए । कुशल भुर्तेलले २६ र करण केसीले १५ रन बनाए । यसैगरी सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले समान १२–१२ रन बनाए । कुशल मल्लले १० रन बनाए । अरुले दोहोरो अंकको रन जोड्न सकेनन् ।

 

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो । ओमानका कप्तान जिसन मक्सदले ३२, नसिम खुसीले २५, प्रतीक अथावालेले २४ रन र सकिल अहमेदले २२ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

नेपालका करण केसीले ३ विकेट लिएका थिए भने सोमपाल कामी र सन्दीप लामिछानेले २र२ विकेट हात पारेका थिए । गुल्शन झा र अविनाश बोहोराको नाममा एकरएक विकेट रह्यो । नेपालका ब्याटस म्यानहरु संगालिन नसक्दा पहिलो रोजाईका ब्याटस म्यानहरु सस्तैमा आउट भएका थिए धेरै जति क्याच आउट भएका थिए । भने क्यापटेन रोहित पौडेल आफ्नै गल्तीले बललाई फिल्क गर्ने क्रममा बोल्ड भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend