logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तर्क्रिया कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, कार्तिक २० २०८०

काठमाडौँ । सिसार साहित्य परिवार काठमाडौँको आयोजनामा गजलकार सरु ज्ञवालीको कादम्बरी गजलसङ्ग्रहको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सिसार पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रा. डा.सनतकुमार वस्तीले सरुका गजल रसात्मक भएको उल्लेख गरेका छन् ।

कार्यक्रममा प्रेमनाथ घिमिरे, सिर्जना ज्ञवाली, डा. गोविन्दमान सिंह कार्की, डा. मेघनाथ ढकाल, मनोज ज्ञवाली, राजन न्यौपानेलगायतले लेखकलाई शुभकामना दिएका थिए ।

वीरेन्द्र मालाकार , सुशीला शर्मा, लक्ष्मी ढकाल, सूर्य न्यौपानेलगायतले सरुका गजल वाचन गरेका थिए ।

लेखककी आमा लक्ष्मी ज्ञवाली र बुबा मेघराज ज्ञवालीले आशीर्वाद दिनुभएको थियो ।

सभापति ज्ञाननिष्ठ ज्ञवालीले २०३५ सालदेखि चार अङ्क निस्केर बन्द भएको सिसार पत्रिकालाई २०६४ सालदेखि पुन: प्रकाशित गरी २० अङ्कसम्म पुगेको सिसारको इतिहास उल्लेख गरेका थिए। साथै सिसारले विविध साहित्यिक गतिविधि र स्रष्टा सम्मान गर्दै आएको कुरा राखेका थिए।
कार्यक्रमको सञ्चालन साहित्यकार सुशीला ढकाल अधिकारीले गरेकि थिइन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend