जन आकाश
बिनोद कार्की ।
काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्र फराकिलो बन्दै गएको छ । त्यस्तै सांगीतिक क्षेत्रमा पछिल्लो समय एक पछि अर्को गरेर गीतहरु आउनेक्रम बढेसंगै कलाकारले नयाँ नयाँ गितहरु सार्वजानिक गरिसकेकाछन् ।
सोही क्रममा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका शिवालयमा जन्मिएका लोकप्रिय भलिबल खेलाडी बिवेक कार्कीको “खुल्दुली २” बोलको गीत समिप इन्टरटेन्टमेन्ट युटुव च्यानलबाट सार्वजनिक भएको छ । सोही गीत छोटो समयमै दर्शकहरुमाझ निकै लोकप्रिय बन्दै गएको छ ।
लक्ष्मण लिम्बू र चर्चित गायिका अन्जु पन्तको आवाज रहेको गीतमा शब्द मनोज केसीको रहेको छ । गीतमा मोती मुनालको एरेन्ज रहेको छ भने क्यामरामेन बिशाल थापाको रहेको छ । भिडियो निर्देशन दिलिप समनले गरेको गीतमा राष्ट्रिय भलिबल खेलाडी बिबेक कार्की र बिन्दु दुवाडीको मार्मिक अभिनय आकर्षक रुपमा देख्न पाइन्छ ।
छाडा र उत्ताउला गीतले समाजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला बिवेक कार्कीले मायाँ पिरतीको झल्को मेटिने गरी मार्मिक आधुनिक गीतको म्युजिक भिडियो सहित बजारमा ल्याएका छन् । उक्त गीत अहिले सामाजिक सञ्जाल फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।
गीत संगीत क्षेत्र र कलाकारीता क्षेत्रमा धेरै रुचि राख्ने विबेक याक्टर स्टुडियो नेपालबाट लामो समय याक्टिङ सिकेर मोडलिङको यात्रा तय गरेका हुन् । अनुप बराल र दिया मास्केबाट थ्रेटर गरेर आएका कार्कीले थुप्रै म्युजिक भिडियो र फिल्मको साइडमा समेत काम गरिसकेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend