जन आकाश
– जयराम बिडारी
काठमाडौ । प्रकृतिसँग मितेरी गाँस्दै यथार्थपरक साहित्य सिजनालाई जोड दिने अभिप्रायले स्रष्टा पदयात्रीहरूको १७ जनाको टोली पर्वततर्फ प्रस्थान गरेको छ ।
साहित्यलाई समाजसँग जोडेर जीवन्तता दिने पवित्र ध्येयले यसपटकको पदयात्रा आयोजना गरिएको एक जना सहभागी तथा यसपटकका संयोजक गङ्गा प्रसाद भेटवालले जिकिर गरे ।

उक्त टोलीले कुश्मा,मल्लाज, शताब्दीघर, सहस्रधारालगायत विभिन्न दर्शनीय स्थलहरूको अवलोकन भ्रमण गर्नुका साथै जीवन मल्लको संयोजनमा साहित्यिक कार्यक्रम सम्पन्न गर्ने छ ।
लेखन परिष्कार गर्न समाजसँग प्रत्यक्ष सम्वाद गर्नुपर्ने स्रष्टा पदयात्राका संयोजक शीत्तल गिरीले बताए ।
७६ औँ स्रष्टा पदयात्रा टोलीमा लेखक, साहित्यकार र पत्रकार सम्मिलित उक्त समूहमा वसन्त रिजाल, शीतल गिरी, घनश्याम प्रसाई, गङ्गाप्रसाद भेटवाल, दीपक भेटवाल ‘दीपसागर’, परशुराम परासर, शारदा पराजुली, सुमन पुडासैनी ‘मित्र’, डा.बालचन्द्र मिश्र, विमल अर्याल, प्रतीक घिमिरे, खोलाघरे साहिँलो, माधव घिमिरे ‘अटल’, जयराम बिडारी,रूबि सत्याल र माधवलाल श्रेष्ठको सहभागिता रहेको छ ।
पदयात्राका क्रममा अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुरम्यताको दृश्यावलोकन गरी स्थानीय साहित्यकारहरूसँग साहित्यिक अनुभव र अनुभूति एकापसमा विनिमय गर्ने कार्यक्रमसमेत रहेको शीतल गिरीले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend