logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

४०० करोडभन्दा बढी ‘टाइगर ३’ फिल्मको व्यापार


  • जन आकाश
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौं । भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो ।



पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टार र जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक्सन सोमबार सार्वजनिक गरेको छ । सूचीमा यो फिल्मले नेपालमा ५ करोड ३० लाख नेरु ९४ लाख अमेरिकी डलर  हाराहारीमा कमाइ गरेको उल्लेख छ । उत्तर अमेरिकामा ४४ लाख २५ हजार डलर, अष्ट्रेलियामा ८ लाख डलर, मध्यपूर्वमा ३२ लाख, न्युजिल्याण्डमा २ लाख १० हजार, बेलायतमा १४ लाख डलर, युरोपमा ५ लाख ७५ हजार डलर कमाएको पिंकभिल्लाले जनाएको छ ।

विश्वभरको कमाइ सूची हेर्दा सलमान खानको निकै क्रेज मानिएको मध्यपूर्वमा यसपटक ‘टाइगर ३’ को कमाइ घटेको देखिएको छ । यशराज ब्यानरको पाँचौं जासूस ब्रह्माण्डको यो फिल्मले विश्वभर अतिरिक्त १५ मिलियन डलर कमाउन सक्ने प्रक्षेपण छ । नेपालमा भने फिल्मको कमाइमा सोमबारदेखि ‘ड्रप’ देखिएको छ । लक्ष्मीपूजाको दिनमा आइतबार रिलिज भएको यो फिल्मको कमाइमा भारतमा विश्वकप क्रिकेटको असर देखिएको विश्लेषण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend