logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

स्रष्टा पदयात्रीलाई भव्य स्वागत गर्दै, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको छैठौं अधिवेशन सम्पन्न


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

जयराम बिडारी



पर्वत । भाषा साहित्य ,कला ,संस्कृतिमा प्राकृतिकताको भरपूर सुगन्ध छर्ने उद्देश्यका साथ संस्कृतिविद् साहित्यकार, पत्रकार कवि तथा लेखकहरुको सामुहिक टोली, पर्वत जिल्लाका बिभिन्न स्थानको स्थलगत भ्रमण गरि विविध साहित्यिक गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको छ ।

शुक्रवार काठमाण्डौबाट पर्वतका लागि १६ जना स्रष्टा पदयात्रीको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । म्याग्दी र पर्वत जिल्लाबाट प्रवाहित कालीगण्डकी र मङ्गला (म्याग्दी खोला )नदी बेनीको सङ्गमस्थलमा मिसिएपछि पवित्र मङ्गलाकालीका रुपमा कृष्णगण्डकीमा परिणत भएको स्थानको रुपमा परिचित बेनी बजारमा एक रात बास बसेर भोलीपल्ट जलजला ४ मल्लाज माझफांट स्थित श्री भवानी आधारभूत बिद्यालय पुगेका थिए ।

पदयात्रा टोलीमा सहभागिहरु शीतल गिरी,घनश्याम प्रसाईं,गंगाप्रसाद भेटवाल,खोलाघरे साहिंलो, प्रतीक घिमिरे, दीपक भेटवाल, वसन्त रिजाल, डा. बाल चन्द्र मिश्र, माधव घिमिरे ‘अटल’’, वीमल अर्याल,परशुराम परासर, शारदा पराजुली, माधवलाल श्रेष्ठ, रुबि सत्याल,सुमन पुडासैनी ‘मित्र’ जयराम बिडारी सहित १६ जना प्रकृतिप्रेमी स्रष्टा साहित्यकारहरुको टोलीलाई भव्य स्वागत गर्दै सोही कार्यक्रममा मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौं  साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न गरिएको छ ।

जलजला गाउँ पालिकाका अध्यक्ष राजु प्रसाद आचार्यद्वारा ब्यानर पढेर उद्घाटन गरिएको उक्त कार्यक्रममा इतिहासकार तथा साहित्यकार मोहनबहादुर मल्लका सुपुत्र तथा प्रतिष्ठानका अध्यक्ष दीपकबहादुर मल्लको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले साहित्यकार मोहन बहादुर मल्लको योगदानको चर्चा गर्दै साहित्य, कला संस्कृतिको विकास गर्न हरेकले आ-आफ्नो क्षेत्रबाट सक्दो योगदान दिनुपर्नेमा जोड दिंदै साहित्य सृजना गर्नु सवैको बशको बिषय नभएकोले यसको उन्नयनका लागि बिद्यालयस्तरबाट नै विभिन्न क्रियाकलापमा सहभागी गराउँदै क्षमता अभिवृद्धि गराउनु पर्ने कुरा बताएका छन् । प्रतिष्ठानका उपाध्यक्ष केदारनाथ पौडेलले उपस्थित साहित्यानुरागीहरूलाई स्वागत मन्तव्य राखेका थिए ।

यसैक्रममा म्याग्दी साहित्य समाजका अध्यक्ष ध्रुबराज शर्मा, स्रष्टा पदयात्रा टोलीका संयोजक शीतल गिरी,विश्व नेपाली साहित्य महासङ्घ गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, तथा पुलस्त्य साहित्य समाजका उपाध्यक्ष शिव सस्मितले कला, साहित्य र संस्कृतिको विकासका सम्बन्धमा आ-आफ्नो धारणा व्यक्त गर्दै रचना बाचन गरेका थिए ।

उक्त अवसरमा स्रष्टा पदयात्रासम्बद्ध गङ्गाप्रसाद भेटवालले कार्यक्रममा सहभागी हुनुको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा काठमाडौंबाट पर्वत मल्लाज आएका स्रष्टा पदयात्रीहरु शारदा पराजुली,डा. बालचन्द्र मिश्र,विमल अर्याल, घनश्याम प्रसाईं ,प्रतिक घिमिरे, सुमन पुडासैनी ‘मित्र’ ,रुबि सत्याल ,माधव घिमिरे ‘अटल’ सहित स्थानीय साहित्यकारहरू हरिप्रसाद पौडेल (हरि लाटो), लीलानाथ असन्तोषी केदारनाथ पौडेल, मनोहर पौडेल, हरिकृष्ण आचार्य, अमृत बरूवाल, गोपालप्रसाद आचार्य, अमृत बरूवाल, मनोहर पौडेल, जीवन मल्ल, ध्रुवराज शर्मा ,गणनाथ पौडेल, प्रकाश अधिकारी, र शिव सस्मितले आआफ्ना रचनाहरू सुनाएका थिए ।

इतिहासकार तथा साहित्यकार मोहनबहादुर मल्लको फोटोमा माल्यार्पण गरि राष्ट्रीय गान बजाएर सुरु गरिएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव गोपालप्रसाद आचार्यले गरेका थिए ।

उक्त कार्यक्रमको दोस्रो सत्रमा केदारनाथ पौडेलको अध्यक्षतामा प्रतिष्ठान हाँक्नका लागि तेह्र सदस्यीय कार्य समिति गठन गरेको छ जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष र सदस्यहरुमा क्रमश: शेषराज रेग्मी, सचिव हरिप्रसाद पौडेल, सहसचिव  अमृता पौडेल रेग्मी, कोषाध्यक्ष  जीवन मल्ल असफल तथा सदस्यहरुमा  मनोहर पौडेल, गोपाल प्रसाद आचार्य  हरिकृष्ण आचार्य,  सनिता कार्की, बलराम रेग्मी,  तुलसी रेग्मी पौडेल , अमृत बरुवाल र हरिबहादुर जि.सी. रहेका छन् ।

पदयात्राका क्रममा धवलागिरि , माछापुछ्रे हिमालको सुरम्यताको दृष्यावलोकन गरी स्थानीय साहित्यकारहरूसँग साहित्यिक अन्तरक्रिया गर्दै ऐतिहासिक रुपमा रहेको तर संरक्षणको पर्खाईमा रहेको बान्द्रे बिडी चौतारो लाई संरक्षण गरि काव्य चौतारो बनाई समुचित संरक्षण गर्ने कार्यक्रम रहेको कुरा कालीगण्डकी संरक्षण अभियानका अभियन्ता तथा कवि एवम् फोटो पत्रकार आरके अदीप्त गिरीले बताएका छन् ।

साथै उनकै पथ प्रदर्शनका क्रममा सूर्य प्रसाद पौडेल को परिकल्पनामा कुश्मा १ खरेहा खोलामा निर्मित झोलुङ्गे पुल तरी अल्पेश्वर धामको पार्वती गुफालगायत कुश्माका विभिन्न दर्शनीय स्थलहरूका साथै कुश्मा ६ नम्बर वडामा अवस्थित धनराज गिरीद्वारा निर्मित सताव्दीघर अवलोकन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend