logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

घुुम्ती कवि गोष्ठीको १३२ औ श्रृखला श्री ग्राम शिक्षा मन्दिर मा.वि.कपनमा सम्पन्न


  • जन आकाश
  • शनिबार, मंसिर ९ २०८०

काठमाडौ । घुम्ति कवि गोष्ठी अभियानको १३२ औ श्रृखला काठमाडौको बुढानिलकण्ठ बाडन ११ कपनस्थित श्री ग्राम शिक्षा मन्दिर मा.वि.को पुस्ताकालयमा घुम्ती कवि गोष्ठीमा भाग लिने साहित्यकारहरुको उपस्थितिमा र श्री ग्राम शिक्षा मन्दिर मा.वि.को व्यवस्थापनमा भव्य कार्यक्रम गरी सम्पन्न भएको छ ।



कार्यक्रम त्यसै माविका प्रद्यानध्यापक रुद्र कोइरालाको सभापतित्वमा, साहित्यकार ढुण्डीराज मरासिनीको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । कार्यक्रम त्यसै माविका शिक्षक तथा कवि धुव्र प्रसाद आचार्यले कार्यक्रमलाई आकर्षण तरिकाले सञ्चालन गरेका थिए ।

उपस्थित कवि, गजलकार, मुक्तककार, गीतकार लगायत, र्मुधन्य साहित्कारहरुले आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई ओजिलो बनाएका थिए । कार्यक्रममा विभिन्न स्थानवाट दिग्गज साहित्यकारहरु उक्त घुम्ती कवि गोष्ठीमा कविता वाचन गर्न पुगेका थिए । सोही अवसर पारेर साहित्यकारहरुले श्री ग्राम माविलाई पुस्तक समेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमको सभापति समेत रहेका श्री ग्राम शिक्षा मन्दिर माविका प्रद्यानध्यापकले यस्तो महत्वपूर्ण कार्यक्रम हाम्रो विद्यालयमा गर्न पाउदा अत्यत्नै खुशी लागेको र यस साहित्य कार्यक्रममा मात्र नभएर अरु वेलामा पनि विद्यालयमा छिरेर याहाको वातावरण, शिक्षाको अवस्था, हेरी सल्लाह, सुझाव दिन अनुरोध गरेका थिए । अहिले सरकारी माविवाट प्राविधिक शिक्षाको लागि उपयुक्त वातावरणमा विद्यार्थीहरुलाई शिक्षा दिन पाउदा खुशी लागेको छ । यो खुु्शीलाई तपाईहरु जस्तो साहित्यका क्षेत्रमा लाग्नुु भएका व्याक्तित्वहरुलाई जानकारी गराउन पाउदा झनै गौरवान्वित भएको छु  भन्दै अन्य शैक्षिक सम्बन्धि काम परेमा सम्झन प्रद्यानध्यापक कोईरालाले अनुरोध गरेका थिए ।

रचना वाचन गर्ने साहित्यकारहरु निम्न रहेकाछन् 
ढुुण्डीराज मरासिनी, रुद्र कटवाल, बासुदेव गुरागाई, दुर्गा अधिकारी भमरकोटे, रामचन्द्र दाहाल, ओम प्रसाद कोईराला, माधवलाल श्रेष्ठ, रुद्र अधिकारी, राजेशमान के.सि.शिव न्यौपाने, प्रलाद लामिछाने,राजेन्द्र घिमिरे सागर, सावित्री पोखरेल,विश्वनाथ तामाङ, रामकुुमार पण्डित, बिष्णु कुमार के.सि.,नारायण नेपाल, बिनोद दाहाल, मिशन अधिकारी, धुब्र प्रसाद आचार्य, परशुु्राम अधिकारी, जर्नादन तिमिल्सिना, लगायतले रचना वाचन गरेका थिए । भने सुनिता डोटेल,सविता पोखरेल शिक्षिकाहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कपन बानेश्वर साप्ताहिकका सम्पादक निवन्द आचार्य जन आकाश मिडिया प्रा.लिका अध्यक्ष मोहन कार्कीको उपस्थिति रहेको थियो ।

कार्यक्रम पछि कार्यक्रममा उपस्थित सवैलाई खानाको व्यवस्थापन विध्यालयले गरेको थियो । कार्यक्रम सभ्य, भव्य रुपमा सम्पन्न भएको थियो । घुम्ती कवि गोष्ठीले यसरी नै उपत्यका भित्र महिनाको पहिलो शनिवार कार्यक्रम गर्ने र्गछ । कार्यक्रम घुम्दै गर्ने भएको हुनाले घुम्ती कवि गोष्ठी राखिएको यस घुम्तीका अध्यक्ष माधवलाल श्रेष्ठले बताउने गरेका छन् । थुप्रै साहित्यकारहरु अवद्ध भएको र पालैपालो अध्यक्षताको जिम्मेवारी सगाल्दै आएका साहित्यकारहरुले यो कार्यक्रमलाई निरन्तरता दिईरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend