जन आकाश
काठमाडौ । मंसिर तीन गते पश्चिमान्चल पाल्पा नेपालका साहित्यका मु्र्धन्य धरोहर माधव प्रसाद देवकोटाको १२० औं जन्म जयन्तीको अवसरमा प्रतिभा सम्मान र माधव दमयन्ती स्मृती ग्रन्थ लोकार्पण भएको छ।
पाल्पाको महेन्द्र बोधी मा. बि. मा भएको कार्यक्रममाको प्रमुख अतिथि तानसेन नगरपालिकाका मेयर सन्तोष लाल श्रेष्ठले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरि शुरु भएको थियो ।
माधव दमयन्ती स्मृती प्रतिस्ठान पाल्पाका अध्यक्षको अध्यक्ष्यतामा कार्यक्रम सन्चालन भएको थियो। आमन्त्रण गरिएका सम्पुर्णलाई स्वागत र कार्यक्रम को उदेश्य समितीकि उपाध्यक्ष कमला देवकोटाले प्रकाश पारेकि थिइन् ।
कृतिको समिक्षा प्राध्यापक द्वय डा. टन्क पन्थ र शंकर प्रसाद गैरेले गरेका थिए। करिव पचास जना जतिको उपस्थिती रहेको उक्त कार्यक्रममा धन्यबाद ज्ञापन समिती सदस्य कल्पना अधिकारीले गरेकि थिइन।
भने कोषाध्यक्ष कबिता रिजालले कार्यक्रम सञ्चालन गरि उत्कृष्ट ढंगवाट कार्यक्रमको महत्व, उदेश्य प्रकाश पार्दै कार्यक्रमको पुर्णतः गराउदै लगेकि थिइन।
सम्मनित श्रष्टा अस्वस्थताको कारण उपस्थित हुन नसकेको कारण १२ गते उहाँकै निवासमा गएर गुरु गोपीकृष्ण शर्मा गुरुआमा लाई दोसल्ला ओढाएर पुष्पोहार पहिराई नगद रु पन्ध्र हजार प्रदान गरेर समिती उपाध्यक्ष कमला देवकोटाले सम्मान गरेकि थिइन।

साथै बरिष्ठ समिक्ष्यक अरुण नदी खत्रीलाई पनि सम्मान गरिएको थियो। कार्यक्रमा छोरा रामचन्द्र गौतम ममता गौतम दुई छोरी नातिनी, अरुणा श्रेष्ठ दम्पती ,समितिका सदस्य, आजिवन सदस्य समेत को उपस्थिती ले रमाईलो वातावरण बनेको थियो।
अन्तमा गुरुज्युको स्वास्थ लाभको कामना र माधव प्रसाद देवकोटाको जम जयन्तीमा उहाँलाई हार्दिक श्रद्धान्जली टक्र्याउंदै समापन गरिएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend