logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रासुमनेको जुम मिटिङमा वेद अनुवादक लुईटेलको स्वास्थ्यलाभको कामना


  • जन आकाश
  • सोमबार, मंसिर १८ २०८०

काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपाल मञ्चका सल्लाहकार तथा चारै वेद लगायत दर्जनौ संस्कृत ग्रन्थका अनुवादक तिलकप्रसाद लुइँटेल गत एक महिना देखि अस्वस्थ भई दुई हप्ता देखि नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलको सघन उपचार कक्षमा उपचाररत भएकोमा जुम मिटिङमा सवैले स्वास्थ्य लाभको कामना गरेकाछन् ।



साथै अनुवादक लुईटेलको उपचारमा आर्थिक समस्या नहोस् भन्ने उदेश्य राखेर नेपाल प्रज्ञाप्रतिष्ठानका पुर्व सचिव प्राज्ञ डा.जगत प्रसाद उपाध्याय प्रेक्षित, वरिष्ठ कवि साहित्यकार मित्रलाल पंगेनी, घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठको सहभागितामा सहयोग संकलन अभियान संचालन गरेर सहयोग उपलब्ध गराइरहेको पनि मिटिङमा जानकारी दिएको थियो । लुईटेलको उपचार लामो समय र खर्चिलो हुने अवस्था देखिएको हुँदा सम्पूर्ण साहित्यकर्मी र साहित्यप्रेमी मनहरूमा सहयोगको अपिल गर्दै सुसेली मञ्चले सटसालिसौ अनलाइन कार्यक्रम सम्पन्न गरेको छ । सहयोग रकम तिलक लुइँटेलका पुत्र वैभव लुइँटेलको नाममा रहेको बैक खातामा जम्मा गरिदिन सुसेली मञ्चले सबैमा हार्दिक अनुरोध पनि गरेको छ ।

 

सुसेली मञ्चको यो सरचालिसौ कार्यक्रमको सभापतित्व अध्यक्ष दुर्गा अधिकारी भमरकोटेले गरेका थिए भने कार्यक्रमको संचालन मञ्चकी उपाध्यक्ष सुशीला ढकाल ले गरेकी थिइन। वरिष्ठ कवि कलानिधी दाहालको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा कविहरू क्रमश चन्द्रा न्यौपाने, लक्ष्मीप्रसाद मिश्र, सुचिता काफ्ले, सुमित्रा श्रेष्ठ, पुनम घिमिरे, रामशरण न्यौपाने, उत्तम विचार भेटुवाल, तीला लेकाली, चन्द्रावती अधिकारी, जानुका थापा रायमाझी, पवनकुमार बुढाथोकी, अम्बिका अधिकारी, आर्त अकुलिन, घनश्याम पौडेल, सविता केसी, कृष्णप्रसाद पौडेल, धिरज तामाङ, नरेन्द्रराज पोखरेल लगायतले आ(आफ्ना रचना र मन्तव्य मार्फत विद्वान गुरु तिलक लुइँटेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग उपलब्ध गर्ने र गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।

सरकारबाट आउने अनुदान र प्रज्ञाप्रतिष्ठानबाट समेत सहयोग जुटाउने प्रक्रिया अगाडि बढिरहेको जानकारी कार्यक्रममा गराईएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend