logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बार्सिलोनाविरुद्ध ४-२ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा


  • जन आकाश
  • सोमबार, मंसिर २५ २०८०

काठमाडौं । बार्सिलोनालाई ४-२ ले पराजित गर्दै जिरोना स्पानिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ ।



आफ्नो इतिहासमै चौथो पटक स्पेनको शीर्ष श्रेणीको फुटबल खेलिरहेको जिरोनाले क्याटलान प्रतिद्वन्द्वी बार्सिलोनामाथि पहिलो पटक जित हात पारेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अर्टेम ढोभबिकले १२औं मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए ।

रोबर्टो लेवान्डोस्कीले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए । तर मिगुएल गुटिरेजले ४०औं मिनेटमा गोल गरेपछि जिरोनाले पहिलो हाफमै २-१ को अग्रता बनायो । भालेरी पर्नान्डेजले ८०औं मिनेटमा गोल गर्दै जिरोनालाई ३-१ को अग्रता दिलाए । इन्जुरी टाइमको दोस्रो मिनेटमा बार्सिलोनाका इल्के गुन्डागोवनले गोल गर्दै गोलअन्तर घटाएका थिए । तर इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रिस्टियन स्तुअनीले गोल गरेपछि जिरोनाले बार्सिलोनामाथि चर्चित जित निकालेको हो ।

जिरोनाको यस सिजनको प्रदर्शनलाई धेरैले आश्चर्यजनक रुपमा लिएका थिए । तर बार्सिलोनालाई पराजित गरेपछि जिरोनाले आफ्नो क्षमता देखाउँदै अंक तालिकामा किन माथि छ भने समेत प्रमाणित गरेको छ । जितपछि १६ खेलबाट ४१ अंक जोडेर जिरोना शीर्ष स्थानमा उक्लेको छ ।

जिरोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि दुई अंकको अग्रता बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend