logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि सर्वसाधारणले हेर्न पाउने


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

काठमाडौं– पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख मंगलबार बिहान सर्वसाधारणका लागि पशुपति मन्दिरको पश्चिमढोकाअघि प्रदर्शन गरिने भएको छ ।



मंगलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शंख देखाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन मन्दिरको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई वर्षभर सुरक्षित राखिएको छ भनेर सर्वसाधारणलाई देखाउने गरिन्छ ।

आज पशुपतिनाथको पश्चिमढोकाअघि देखाइने उक्त सामग्रीलाई आइतबार सर्वसाधारणका लागि भनी प्रदर्शन गरिएको थियो ।

मंगलबार अब एक वर्ष सम्म यी वस्तु सुरक्षितसाथ राखिने भनी भण्डारको तेस्रो तलामा राख्ने तय भएकाले मन्दिरमा आउने सबैलाई आज अन्तिम पटक दर्शन गर्न देखाउने परम्परा रहेको छ ।

बहुमूल्य नागमणि,एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई कोषका अधिकारी, प्रहरीलगायत सरोकारवाला निकायका प्रतिनिधिको निगरानी र रोहवरमा प्रत्येक महिना मन्दिरमा भण्डारी परिवर्तन हुँदा बुझाउने गरिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend