जन आकाश
काठमाडौ । यहि मितिः २०८० साल मंसिर ३० गते काठमाडौको कपन शान्तिनगरस्थित शान्ति सन्देश पुस्ताकालयको ६१औ सस्करण कार्यक्रम भएको छ । उक्त कार्यक्रम त्यस पुस्ताकालयकी अध्यक्ष शोभा खरेलको सभापतित्वमा भएको हो ।

कार्यक्रमको शुरुवाट देखि अन्त्यसम्म त्यसै पुस्ताकालयकी महासचीव नगिना सिंह भण्डारीले उत्कृष्ट ढंगवाट सञ्चालिकाको भुमिका निर्वाह गरेकी थिइन । कार्यक्रममा बिभिन्न ठाउँवाट आएका साहित्यकारहरुको बाक्लो उपिस्थिति रहेको थियो । कार्यक्रममा आएका व्यातित्वहरुले कसैले कविता, गजल, गीत रचना बाचन गरेका थिए । रचना बाचन नगर्नेहरुले कार्यक्रमलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा बृद्धा साहित्यकार देखि बाल कविहरुसम्मको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन गर्दै शान्ति शन्देश पुस्ताकालयकी शोभा खरेलले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै रचना वाचन गरेर समापन गरेकी थिइन । यतिधेरै राम्रो कार्यक्रम गरेको भनेर शुभकामना दिने क्रममा उपस्थिति व्याक्तिहरुले शान्ति पुस्ताकालयको प्रशंसा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरुले साही अवसर पारेर आफ्ना कृतिहरु पुुस्ताकालयलाई हस्तान्तरण गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend