logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अभिनव साहित्य समाजद्वारा छन्दकवि डिल्लीराज अर्याल सम्मानित


  • जन आकाश
  • आइतबार, पुष १ २०८०

काठमाण्डौ । अभिनव साहित्य समाजको मासिक नियमित रचनाबाचनको २६२ अ‍ौं शृङ्खलाको अवशरमा अभिनव साहित्य समाजद्वारा शिक्षासेवी,लेखक साहित्यकार,तथा पत्रकार डिल्लीराज अर्याललाई बद्रीनाथ( अभिनव छन्दोबद्ध कविता पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रम सु(सम्पन्न गरिएको छ ।



काजी रोशनको प्रमुख आतिथ्यता तथा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्व तथा काजी रोशनको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

कार्यक्रममा उद्धव रायमाझीबाट डिल्लीराज अर्यालको सम्मानपत्र वाचन पश्चात छन्दकवि डिल्लीराज अर्याललाई सम्मानपत्र ,दोसल्ला र नगद रू १० हजार समेत संस्थापक परिवारका रघुनाथ आचार्य ,अध्यक्ष विमल अर्याल र प्रमुख अतिथि काजी रोशनबाट संयुक्त रूपमा प्रदान गरिएको थियो ।

पुरस्कार स्थापनाकर्ता संस्थापक र प्राप्तकर्ताका बारेमा प्रकाश पार्दै संस्था का अध्यक्ष गोविन्द घिमिरे वेदमणिले डिल्लीराजको सक्रियता पत्रकारीता,सम्पादकीय भूमिका, रेडियो कार्यक्रम प्रस्तोता लेखक कवि साहित्यकार लगायतका लोभलाग्दो साधनाले अझै उचाई प्राप्त गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै शुभकामना प्रदान गरेका छन् । कार्यक्रममा चामुण्डा मा वि जोरपाटीका प्रधानाध्यापक गुणराज आचार्यले संस्थापक परिवारका तर्फबाट ३० को दशकदेखि अनवरत रुपमा साहित्यिक क्षेत्रमा सक्रिय रहेका डिल्लीराजको साहित्यिक उन्नयनको कामना गर्दै शुभकामना मन्तव्य ब्यक्त गरेका छन् ।

कार्यक्रममा पुरस्कृत व्यक्तित्व डिल्लीराज अर्यालले अभिनव साहित्य समाजको यो न्यानो माया, सद्भाव ,पुरस्कार मात्रै होईन प्रेरणा पनि हो भन्दै आफूले समाजको लागि थोरै भएपनि सुकर्म गरेको रहेछु भन्ने बोध भएको र आफ्नो आगामी कर्म साहित्य सृजनामै लागि रहन अझै थप जिम्मेवारीको महशुष गरेको बताउंदै एक छन्दोवद्ध कवितावाचन गरेका थिए ।

मन्तव्यका क्रममा प्रमुख अतिथि काजी रोशनबाट संस्थाहरू गतिशील बन्नलाई सदस्यहरू क्रियाशील हुनुपर्ने उल्लेख गर्दै धवलागिरी साहित्य प्रतिष्ठानको गठन क्रममा सामना गर्नुपरेको चुनौतीका बारेमा उल्लेख गर्दै अभिनव मेरो मन्दिर शीर्षकको कवितावाचन समेत गरेका छन् । यसैक्रममा बाचित रचनाहरुमा
पर्शुराम पराशरबाटआज वाचित रचनाहरूको समीक्षा गरेका छन् थिए । उक्त अवसरमा प्रमुख अतिथिबाट वाचन गरिएका मध्य समिक्षकद्वारा छानिएका ४ रचनालाई पुरस्कारस्वरूप पुस्तकहरू प्रदान गरेका छन् ।

सारदा पराजुलीद्वारा सहजकर्ताको भूमिका निभाइएको उक्त कार्यक्रमका अध्यक्ष विमल अर्यालबाट सबैप्रति हार्दिक धन्यवाद अर्पण गर्दै सम्मानित कवि डिल्लीराम अर्याल साहित्यिक उन्नयनको कामना गरिएको उक्त कार्यक्रममा करिव चार दर्जन कवि तथा साहित्यकारको उपस्थिति रहनुका साथै रचना बाचन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend