logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत संगीतमा रमाउँदै गायक रबिन भुसाल


  • जन आकाश
  • मंगलबार, पुष ३ २०८०

काठमाडौं । सुमधुर स्वरको धनी आधुनिक गायक रविन भुसाल प्रतिभाशाली गायक हुन् । उनको आवाजले जोकोहीलाई मोहनी लगाउँछ । कोइलीको जस्तै सुमधुर स्वरमा आफ्ना भाका हालेर आधुनिक गीत गाउँदा कतै यो आवाज कोइलीको त हैन भनेर मानिसहरु चकित पर्ने गर्दछन् ।



साचिकै एकान्तमा बसेर रबिन भुसालका गीत सुन्ने हो । भने पीडा अनि दुख भुलाउन सकिन्छ । उनले गाएका आधुनिक बिधाका गीत सुन्ने हो भने जोकोहीको पनि चस्कै मन छुन्छ ।” अनि उनको गीतले भुलेर जानेहरुको याद दिलाउँछ । त्यो उनको मिठास शब्द अनि गाउने शैलीले सबैको मन छुन्छ । तर यो आवाजले अझै पनि स्थान पाएको छैन ।

आधुनिक गायक रबिन भुसालको गीत संगीतको अनुभव यस अंकमा यसरी प्रस्तुत गरिएको छ ।

रबिन भुसाल गीत संगीत क्षेत्रमा लागेका एक प्रतिभाशाली गायक हुन् । उनका झन्डै पाँच दर्जन भन्दा बढी गीत बजारमा सार्वजनिक भइसकेका छन् । कति गीतले इतिहास समेत रच्न सफल भएका छन् । कति गीत युट्युब, टिकटक फेसबुकका पेजमा समेत चर्चित हुन पुगेका छन् । लोक आधुनिक गीतमा शब्द संगीत आवाज दिँदै आएका रबिन भुसाल गीत संगीत क्षेत्रमै भविष्य बनाउने आसमा केही वर्ष विदेशमा दुख गरेको बताउँछन् । उनै गायक भुशालसँग जन आकाश साप्ताहिकका विनोद कार्कीले गरेको कुराकानी यस अंङकमा समावेश गरेका छौ ।

गीत संगीत भनेको तपाइँको बिचारमा के हो जस्तो लाग्छ ?
“गीत संगीत भनेको मैले फेर्न सास जस्तै हो ।” एक छिन गीत नसुनी नगाई बस्नै सक्दिन मेरो लागी गीत संगीत सास लिनु बराबर हो । दुख सुख हरेक क्षणमा मलाई गीत चाहिन्छ । गीत संगीत भनेको मेरो जीवनको प्राण हो ।एक मुठी सास रहेसम्म म गीत गुनगुनाइ रहन्छु ।”

गीत संगीत क्षेत्र बाट आफ्नो रोजी रोटी चलाउन कतिको सहज छ तपाईँलाई ?

“यो क्षेत्रबाट मलाई आफ्नो आवश्यकता पुरा गर्न एकदमै गारो छ । म पहिलो चरण सिडी चढ्दै छु । गर्न त मैले पाँच दर्जनभन्दा बढी गीत गरीसके तर आर्थिक अवस्थामा भने अहिले पनि कमजोर नै छ हेरम कहाँ सम्म पुग्न सकिन्छ ।”

गीत संगीत क्षेत्रबाट दर्शक श्रोताको कतिको माया पाउनुभएको छ ?
मैले गाएको गीत दर्शकले सुन्दा धेरै वा–वा पाउने, बिग फ्यान भन्ने तर साथ सपोट चाही तेती धेरै नदिने भइराछ । जतिले साथ सपोट दिनुभएको छ । सबैलाई धन्यवाद दिन चाहान्छु । नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुने आधुनिक गीतमा आफ्नो भोकल धेरै राम्रो भए पनि लोक गीत गाउन रुचाउने रबिन भुसाल लोक गीत हामी नेपालीको पहिचान रहेको बताउँछन् ।
तपाई कस्ता खालका गीत सुन्ने र गुनगुनाउने गर्नुहुन्छ ?

“मलाई मन पर्ने गीत भनेकै लोक गीत हो । मैले जस्तो खालका गीत गरे पनि मेरो मन मस्तिष्कमा लोक गीत छ हाम्रो परिवेश माटोको गीत भनेकै लोक गीत हो ।” गीत संगीत क्षेत्रमा लामो अनुभव बोकेका रबिन भुसाल आफ्नो गीत संगीतको भविष्य दर्शकको हातमा रहेको बताउछन् ।

यो गीत संगीत क्षेत्रलाई भोलीको दिनमा कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ?
“भोली के हुन्छ भन्न सक्दिन तर मैले गीत संगीतमा दिएको योग्दान मैले गीत संगीतमा गरेको मेहनत अनुसार संगीतले मलाई केहि न केही स्थान दिन्छ भन्ने आस राखेको छु । गन्तव्य चाही म यसै भन्न सक्दिन कहाँ सम्म पुग्छु भनेर ।”
गीत संगीत क्षेत्रमा धेरै सङ्घर्षका साथ अगाडी बढेका रबिन भुसाल पछिल्लो समय गीत संगीत क्षेत्र र कलाकारिता क्षेत्रमा प्रतिभा हुनेको लागि भन्दा पैसा हुनेका लागि स्थान रहेको बताउँछन् ।
गीत संगीत क्षेत्रको भविष्य कस्तो छ । जस्तो लाग्छ तपाईँलाई ?

“पछिल्लो समय हेर्न हो भन्ने गीत संगीत क्षेत्र प्रतिभा हुनेका लागि भन्दा पैसा हुनेको लागि स्थान बन्दै गएको छ । राजनीतिक क्षेत्रमा जस्तै गीत संगीत क्षेत्रमा पनि विकृति फैलिदै गएको छ । प्रतिभा हैन आफ्नो मान्छे हेरेर स्थान दिने प्रचलन बढ्दै छ । हाम्रो धर्म संस्कृति मूल्य मान्यतालाई तल झारी भ्युज कमाउनलाई समाजमा अराजक अस्लिल भिडियो ल्याउने कलाकारले गरिराखेका छन् । अलि कति पैसा लगानी गरेर दुई चार ओटा भिडियो खेल्ने अनि नेपाली कलाकार हो । भन्दै बाहिरा जाने प्रचलन बढ्दै छ । अहिले गीत संगीत क्षेत्रमा पनि धेरै विकृति फैलिएको छ । तर यो क्षेत्र भाग्यको क्षेत्र पनि हो कसको भाग्य कुन बेला चम्कन्छ । थाहा नै हँदैन् । यो क्षेत्रमा दर्शको मन जितेपछि कहिले पछि परिदैन् सधैँ अगाडी हो । आउनुस नव प्रतिभा पनि आफ्नो प्रतिभा देखाएर अगाडी बढ्नुुस ।” भन्दै जन आकाश मिडिया प्रा.ली ले निर्माण गरेको संगीत खबर कार्यक्रममा आधुनिक गायक तथा सर्जक रबिन भुसाल बताउँछन् ।

पूरा भिडियो हेर्न तल लिङ्क दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend