जन आकाश
काठमाडौ । मुलुकमा सामाजिक, सांस्कृतिक एकता कार्यम गर्नको लागि अन्तरधार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको विभिन्न धर्मका धर्मगुरुहरू तथा सरोकारवालाहरुले बताएका छन् ।
संघिय सांसद एकनाथ ढकालको सचिवालयले ललितपुरमा आयोजना गरेको अन्तरधार्मिक संबाद कार्यक्रममा बोल्दै सरोकारबावाहरुले सामाजिक बिकृतिको अन्य र न्यूनिकरण गर्न धार्मिक क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । अन्तरधार्मिक संबाद कार्यमा बोल्दै संधिय सांसद एकनाथ ढकालले नेपाल धार्मिक हिसाबले अनुकरणीय रहेको बताउँदै धर्मका नाममा हुने द्वन्द्वलाई रोक्नुपर्नेमा जोड दिदै धार्मिक समुह एक अर्काको प्रतिस्प्रधी नरहेको बताए ।
सांसद ढकालले धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि हनन गर्न नहुने स्पष्ट पारे । नेपालमा पनि धार्मिक र सांस्कृतिक द्धन्द्ध बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको बताए । सासद ढकालले राज्य र सरोकारवाला निकायहरुले नदेखेको कुरा धार्मिक गुरुहरुले देख्न आवश्यक रहेको बताए । पूर्वमन्त्री समेत रहेका ढकालले संसद सरकारले उच्च स्तरिय अन्तरधार्मिक आयोग गठन गनुपर्ने कुरालाई उठाउने बताए । उनले पछिल्लो समय युवा पुस्तामा धार्मिक क्षेत्रमा सहभागिता कम हुदै गएको उल्लेख गदै युवाहरुलाई धार्मिक क्षेत्रमा सहभागिता बढाउने तथा धार्मिक अगुवाहरु लाग्नु पर्ने बताए ।
लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र कुमार लावतीले समाजमा धर्मको नाममा विभिन्न हिंसाहरु हुने र त्यसलाई नियन्त्रण गर्न धर्म गुरुको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा डा. केपी रोकाय, महेन्द्र भट्टराई, अधिवत्ता बिष्णु गिरी युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडल, धार्मिक अगुवाहरुरु सिमा खान, केशव प्रसाद चौलागाई, स्वामी आन्नन्द बिनोद, नजरुल हुसेन, प्रकाश बाबु थापा, पियारत्न मर्हजन, रामचन्द्र भण्डारी लगायत तीन दर्जन भन्दा बढी धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend