जन आकाश
काठमाडौं । जन आकाश मिडिया प्रा.लीले निर्माण गरेको प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने गरी स्थापना गरिएको सङ्गीत खबर कार्यक्रम अहिले दर्शक श्रोता माझ निकै लोकप्रिय बन्दै आएको छ ।
अहिले यो कार्यक्रम नव प्रतिभा र नयाँ कलाकार मात्र नभएर गीत सङ्गीत क्षेत्र र कलाकारिता क्षेत्रमा लामो समय बिताइसकेका राष्ट्रलाई योगदान पु¥याएका कलाकार पनि सङ्गीत खबर कार्यक्रममा जोडिरहेका छन् ।
टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नकआउट राउन्डमा बाहिरिएका मिलन बिश्वकर्मासँग भ्वाइसको अफ नेपालको यात्रा अनि गीत संगीतको कुराकानीलाई हामीले यस अंकमा प्रस्तुत गरेका छौ ।
तपाईँको भ्वाइस अफ नेपालको यात्रा कस्तो रहयोे ?
एकदमै सम्झना लायक अबिस्मरणीय र¥यो । दर्शक श्रोताको “यति धेरै माया साथ सपोट पाउँछु भनेर कल्पना समेत गरेको थिइन् । भ्वाइस अफ नेपालको यात्रा म कहिले पनि बिर्सिन सक्दिन यो जन आकाशको माध्यमवाट कार्यत्रमबाट सबैलाई सम्झिन चाहन्छु ।
भ्वाइस अफ नेपालको यात्रा तपाईँको कहाँ सम्मा थियो काहा गएर टुङ्गियो ?
“सुरुमा ब्लाइन भयो । ब्लाइन पछि ब्याटल भयो । ब्याटलछि नकाउट भयो । नकाउटमा हामी नौ जना प्रतिशप्रधिहरु थियौँ । त्यसमा कोचले छानेर तिन जना जानु पर्ने थियो । तेस्मा म पर्न सकिन् । तर म एकदमै खुशी छु । भ्वासको स्टेज चढ्नु नै मेरो लागि ठुलो कुरा थियो । अग्रज कोचहरूबाट धेरै कुरा सिक्ने मौका पाए । मेरो भ्वाइसको यात्रा नकाउट सम्मा रहेछ । नकाउट राउन्डमा गएर मेरो भ्वाइसको यात्रा टुङ्गियो । ”
भ्वाइसको त्यति ठुलो प्लेट फममा आफ्नो प्रस्तुती दिँदा कस्तो अनुभव भयो ?
मेरो सानैदेखिको सपना थियो कुनै रियालिटी सोमा गएर आफ्नो प्रस्तुति दिन्छु भन्ने । त्यो सोचे अनुरूप नै भयो । भ्वाइस अफ नेपालमा गएर गाउने मेरो मात्र सपना थिएन मेरो बुवाको पनि ठुलो सपना थियो । भ्वाइसको स्टेज चढेर छोराले गाएको हेर्ने बुबाको सपनालाई पनि विपनामा परिणत गराए । एकदमै रमाइलो भयो ,। धेरै कुरा अग्रजबाट सिक्न पाइयो । यो जन आकाश मिडियाले तयार पारेको संगीत खबर कार्यक्रमबाट “भ्वाइसका कोच सबै प्रतिस्पर्धीहरुलाई सम्झिन चाहन्छु ।
भ्वाइस अफ नेपालको ब्याटल राउन्डमा कोसँग प्रतिस्पर्धा गर्नु भयो त्यो ब्याटल राउन्ड कस्तो रहयो ?
“मेरो ब्याटल चाहिँ अर्जुन सुनारसँग भएको थियो । हामीले ‘उदित नारायण झा’ को ‘मायाले बाधौ लौ रेसम’ बोलको गीतबाट प्रतिस्पर्धा गरेका थियौँ । त्यो गीतको प्रस्तुतिबाट कोचले मलाई अगाडी बढाउनु भयो । हामीले मामा भान्जाको साइनो लगाएका थियौँ । जो अगाडी बढेनी हामीले राम्रो पस्तुती दिनुपर्छ भनेर अगाडी बढेका थियौँ । हामी दुई जनामध्य एकजना आगाढी जानै पथ्र्यो । यदि मामा अगाडी जानु भएको भएनी म खुसी नै हुन्थे । यो कार्यक्रमबाट मामालाई नि धेरै सम्झिन चाहन्छु ।
भ्वाइस अफ नेपालबाट दर्शक श्रोताको कस्तो खालको माया पाउनु भयो ?
एकदमै राम्रो प्रतिक्रिया अनि धेरै माया पाइयो । मैले सकेसम्म राम्रो प्रस्तुति दिने कोसिस गरेको थिए सुरुदेखि अन्यसम्म मैलै दर्शक श्रोताबाट जति मायाको अपेक्षा राखेको थिए त्यो भन्दा धेरै माया साथ सपोट पाए । सन्तुष्ट छु । सबैले माया दिराख्नु भएको छ म बाहिरे पनि ।
गीत संगीतलाई तपाईँको घर परिवारले कसरी बुझ्नुहुन्छ ?
मेरो बुवा पनि नेपाली गीत संगीतलाई धेरै माया गर्ने लोक गायक हुनुहुन्छ । बुवाको ठुलो सपना छ । छोरो स्थापित गायक भएर देशलाई चिनाएको हेर्ने । बुवाले गायकका केही लोकदोहोरी गीत पनि बजारमा छन् । घरको आर्थिक अवस्था परिवारको जिम्मेवारीले गीत संगीतमा केही गर्छु भन्ने रहर हुँदाहुँदै बुवा विदेश जानु प¥यो । बुवाले गीत संगीतलाई धेरै बुझ्नु भएको छ । बुवाले मलाई गीत संगीतमा लाग्न धेरै सपोट गर्नुहुन्छ । आफूले गीत संगीतमा केही गर्न नसके पनि छोराले गीत संगीतमा केही गर्दिए हुन्थ्यो भन्ने सोच्नु हुन्छ । मैले बुवाले गाएको गीत भ्वाइस अफ नेपालमा पनि गाएको थिए । भ्वाइस अफ नेपालको ब्याटल राउन्डमा बाहिरिदा मिलन विश्वकर्मा भावुक हुँदै जन आकाश मिडियाले निर्माण गरेको संगीत खबर कार्यक्रममा बताएका छन् ।
पूरा अन्तर्वार्ता तला लिङकमा दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend