logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

खेलकुद स्वास्थका लागि महत्वोपुर्ण ससद श्रेष्ठ


  • जन आकाश
  • शुक्रबार, पुष १३ २०८०

रामेछाप । “स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको रामेछाप नगरपालिकामा छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार देखी सुरु भएको छ ।



बाग्मती प्रदेशका सांसद तारानारायण श्रेष्ठले दिप प्रज्वलन गरि खेलको उद्धघाटन गरेका थिए भने कार्यक्रममा सहभागी भएका बिशेष अतिथि बागमती प्रदेश ससद आनन्द कुमार श्रेष्ठ, रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपाने, उपमेयर बाला कुमारी कार्की, प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले सटफुट थ्रो गरि खेलको शुरूवात गरेका थिए।

प्रतियोगिताको उद्धघाटन गर्दै सांसद श्रेष्ठले खेल र खेलाडीको हौसलासँगै विद्यार्थीहरुमा प्रतिस्पर्धाको भावना जागृत गराउनमा यस्ता प्रतियोगिताले धेरै सहयोग गरेको बताएका थिए । स्वास्थ्यका लागी पनि खेलकुद निकै महत्वपुर्ण रहेको भन्दै उनले खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी बाग्मती प्रदेश सभामा आफुले पटक पटक कुरा उठाउँदै आएको बताए।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका बागमती प्रदेशका अर्का सांसद आनन्द कुमार श्रेष्ठले खेल मानव जीवनको महत्त्वपूर्ण अङ्ग रहेको भन्दै यसको थप विकासका लागि सबैजना लाग्नुपर्ने बताए।

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले हरेक वर्ष आयोजना हुने रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहदेखी विद्यार्थीहरुमा खेल प्रति रुचि बढेको बताए । यो प्रतियागिताले विद्यार्थीहरुको क्षमता पहिचान गर्न सहयोग पुग्नुभएका साथै उनिहरुको वृद्धि विकासमा पनि रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेलेको उनको भनाई छ ।

उक्त कार्यक्रमा रामेछाप नगरपालीकाकी उप प्रमुख बाल कुमारी कार्की र नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता मार्फत खेलकुदको गतिविधीलाई वडा स्तर सम्म विकास गर्न सके खेलकुदको संस्थागत विकासमा सहयोग पुग्ने धारणा राखेका थिए।

रामेछाप नगरपालिका भरीका १३ वटै माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगिता रामेछाप नगरपालिकाको वडा नं ८ टुँडिखेलमा सन्चालन भईरहेको छ । प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु भइसकेका छन् । आज थप खेलहरुमा खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछ्न।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend