logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हल्लानै हल्लाको देश कतिन्जेलसम्म बनाउने ?


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

मोहन कार्की ।
काठमाडौ । नेपालका नेपालीहरु विदेशमा मात्रै झण्डै ६० लाँखको हाराहारीमा काम गर्न, पढ्ने वाहानामा गएको भन्ने छ । यता देशमा रोजगार नभएको हुनाले विदेशिनु परेको धेरै युवाहरुको भनाई छ । तर यहि नेपाल हो जाहा झण्डै झण्डै २० देखि २५ लाँख भारतीयहरुले नेपालमा रोजगारी पाइराखेकाछन् । तरकारी बेच्ने व्यापरी देखि, सिकर्मी,सुनचाँदी बनाउने कालीगढ, कपाल काट्ने हजम, डकर्मी, लगायत निर्माण कम्पनीका ईन्जिनियर समेत भारतीयछन् । त्यति मात्र काहा होर ठुला ठुला लगानी गर्ने भारतीय मुलका मानिसहरु समेत नेपालमा ढुक्कले व्यवसाय गरिरहेका छन् । कतिपय जापनीजहरुले नेपालमा कृषि फाम खोलेर आम्दानी गरिहेकाछन् । त्यस्तै अन्य विदेशीले पनि नेपालमा व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेको देखिन्छ ।



यता नेपालका राष्ट्रवादी भन्ने युवाहरु,दिनभर राष्ट्रवादका कुरा गर्ने विदेशीले बनाईदिएको मोवाईलमा झुम्मिने, बेलुका भारतले ईन्जेक्शन हानेर फलाएको तरकारी बोकेर कोठा जाने, मै हु भन्दै साढे बनेर हिडिरहेकाहरु युवााहरु हल्लाको पछि लागेर राजनीतिक पार्टीको कार्यक्रम अध्यक्ष, सचिव,उपाध्यक्ष, कोषध्यक्ष,जस्ता अनुहार देखाउन र मै हु भन्नका लागि आफै बरालिएर अरुलाई समेत बरालेर हिडेको देखिन्छ ।

अर्को एक खालका युवाहरुको हल्ला विदेशमा जाने बित्तिक्कै आकाशवाट पैशा झर्ने जसरी हौवाको पछि लागेका देखिन्छन् । सीप केही नसिक्ने, बाकी रहेको समय राजनीतिक पार्टीहरुको कार्यकर्ता बनेर हिड्ने अनि जव व्यवहारिक अर्थात विवाह बन्धनमा बाधिन्छन् तव अर्थिक ब्यायभार थपिन थालेपछि पासपोर्ट बनाएर विदेश लाग्ने यस्तो छ । नेपाली युवाहरुको अवस्था हुनत सवै दोष राजनीतिक पार्टी र युवाहरुलाई लगाएर मात्र पार पाइदैन ।

यस्तो वातावरण सृर्जना गर्ने अरु कोही नभएर सरकारमा पुगेका नेपालीको नीति निर्माण गर्न सम्बन्धित निकायमा पुगेका जिम्मेवार व्याक्तिहरुले जिम्मेवारी भुलेर गरेका केही नकरात्मक कामले आजको अवस्था आएको मान्न सकिन्छ ।

के निरासा मात्र छ देशमा ?
सवैतिर नेपालप्रति नकरात्मक सोच्नेहरुको लागि नेपाल देशमा केही छैन, बिग्रीयो, भत्कियो, सकियो भन्ने लागेको देखिन्छ । त्यो विशेष गरेर भारततिरवाट आएका भारतीय मुलका व्यापारीले बढी यस्तो हल्ला फिजाउने गरेको देखिन्छ । भने अर्को चिनतिरको प्रभावमा व्यापार गरिरहेका नेपाली मुलका व्यापारीहरुले यस्तो हल्ला फिजाएको भेटिन्छ । त्यसैको पछि लागेर नेपालको बिग्रेको सरकारी संरचना, नियत खराब भएका केही कर्मचारी, राजनीतिक पार्टीका केही नेता र समाजभित्र नै रहेका सघ, संस्थामा लागेका कुविचार भएका मानिसलाई देखाएर यो नेपाल बिग्रेको, सकिदै गएको तर्क गर्ने गरेको देखिन्छ ।

नेपाल सभ्वाना नै सम्भावनाको देश हो भन्ने कुरा गर्ने मानिस थोरै मात्र रहेको र त्यस्ता योजना ल्याउन सक्ने, काम गर्न सक्नेहरुलाई निरुत्साहित पार्ने काम माथि उल्लेख गरिएको भारतीय मुलका व्यापारी, र चिनिया प्रभावमा व्यापार गरिरहेकाहरुले नेपालको वास्तविक जग नबसोस् भन्ने उदेश्य राखेको सहजै देखिन्छ । त्यसैले वेला वेलामा बनिरहेका योजनाहरु एक्कासी रोकिन्छन् । नीति, नियम बनिसकेर पनि पास हुन सक्दैनन् । त्यो देखिदै आएको छ । यस्तो हुनको कारण नेपालको नेतृत्व गर्ने व्याक्तिहरुले आट र दृढता नभएको कारण यस्ता कार्य नकरात्मक पक्षले प्रशय पाएको देखिन्छ ।

नेपालले गर्न सक्ने सम्भावना र विकास
(कृपज) कृषि–पर्यटन–जलविद्युतः कृषिलाई आधुनिकीकरण गरेर जग्गाहरुलाई पकेट क्षेत्र छुट्याउनुपर्छ । ठुलो स्केलमा जसरी कम्पनी स्थापना गरेर मानिसहरुले अन्य वस्तु अर्थात सामान उत्पादन, बिक्री वितरण गर्छन त्यस्तै कम्पनीको रुपमा कृषिलाई प्रथामिकता राखेर परिणाम आउने गरी उत्पादन गर्ने र बिक्री वितरण गर्ने काम गर्न सक्नुपर्छ । जसमा भुमि प्रयोगको नीति प्रष्ट सहज र सजिलो उपाय अपनाउनुपर्छ कृषिमा जिवन देख्नेले योजना अनुसार काम गर्न पाउनुपर्छ । अहिले भईराखेको सरचना ब्याक्तिको नाममा जग्गा जमिन छ । त्यो व्याक्तिको जमिन हुनुहुदैन ।

पर्यटन क्षेत्रको विकासः पर्यटन क्षेत्रको विकासको लागि जहाँ जहाँ सम्भावना हो तयस त्यस क्षेत्रमा भौतिक पूर्वाधारको व्यावस्था मिलाउने र कुन कुन देशका मानिस नेपालप्रेमी छन् । त्यो त्यो देशसँग सहकार्य गरेर त्यस देशका नागरिकहरुलाई लक्षित गरेर कार्यक्रमहरु बनाउने ताकि उनिहरु हाम्रो देशमा घुम्न आउदा उनिहरुले खुशी, आनन्द महसुस गरुण हामीले मनग्य आम्दानी गर्न सकौ । त्यसमा घरेलु उत्पादन स्थानीय उत्पादनको खपत लगायका योजना अनिवार्य लागु गर्न सक्नुपर्छ ।

जलविद्युतको विकासः जलविद्युत योजनाहरु जतिसक्दो चाडो निर्माण गर्ने र उत्पादन भएको विद्युत विशेष गरेर ग्रामिण क्षेत्रमा उद्योग खोल्ने उद्योगहरुलाई सहुलियतमा विद्युत उपलब्ध गराउने जसवाट धेरै भन्दा धेरै मानिसहरु रोजगार हुन्छन् । राज्यलाई त्यस उद्योगवाट उत्पादन बस्तु निर्यात हुदा व्यापार घाटा कम गर्न मद्दत पुग्छ भने राजश्वमा पनि बृद्धि हुन्छ । यो प्रचुर सम्भावना नै सम्भावना भएको देशमा हल्लाको पछि लाग्दा लाग्दा देश छोडेर भाग्नेहरुको संख्या बढेर देश रित्तो बनाउन लागेका छन् ।

कति दिनसम्म यसरी भागेर चल्छ । कतिदिन सम्म अर्काको दास बन्ने, आफ्नो देशमा जन्मभुमिमा निर्धक्कको जिवन बाच्न छोडेर अर्काको देशमा दास भएर बस्ने हल्ला गर्नेहरुको पछि लागेर होइन । कमि कमजोरीलाई सुधारेर नेपाललाई विकास गरेर विश्वको उदारणीय देश बनाउन सक्ने सम्भावना नेपालमा छ । यो काम गर्न विगतका असफल भएका तरिकाहरु सोरेर फाल्ने र सफा नियतको व्यवस्था निर्माण गर्नुपर्ने देखिन्छ । विकासको सम्भावनाको बोकेको देशलाई बिग्रको हल्लाको देश भनेर प्रचार नगरौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend