logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रविन्द्र केसी को “सम्बन्धको दोबाटो” कथा कृति माथि पाठकीय दृष्टिकोण


  • जन आकाश
  • मंगलबार, पुष १७ २०८०

मन्दीरा चापागाईं।



भरखरै ( १४ पौष २०८०,) सार्बजनिक भएको श्री रविन्द्र केसी को कथा संग्रह ‘सम्बन्धको दोबाटो ‘ पढिसकेपछि पाठक मनमा उब्जिएका जिज्ञासाहरु यहाँहरु समक्ष पस्किएकि छु ।

आशा छ पुस्तक प्रति प्रष्ट हुन साहित्यानुरागि महानुभावहरुलाई सहयोग पुग्नेछ ।भनिन्छ,जिन्दगीमा अनेकन घटनाहरु बेहिसाव घटिरहन्छन् ।

तर एउटा लेखकले कसरी हेर्यो र परिभाषित गर्यो भन्ने कुराले उसको दृस्ठिकोण उजागर गर्दछ ।

परिस्थिति र परिवेशले मन मस्तिष्कका भावहरु निर्धारण गर्दछ्न् । यस कथा संग्रह ‘सम्बन्धको दोबाटो ‘मा कथाकार श्री रविन्द्र केसीले आफ्नो दुई दशक लामो जागिरे जीवनकालमा स्वदेश तथा विदेशमा देखे ,भोगेका र कल्पना गरिएका घटनाहरुको कलात्मक प्रस्तुति दिनुभएको छ ।

हो ,वहाँका कथामा देशले भोग्नुपरेको निर्मम द्वन्द,प्रविधिले निम्त्याएको विकृति,वैदेशिक रोजगारले निमोठेको प्रेम र तहसनहस पारेको परिवार, लिभिङ्ग टुगेदरले थोपरेको पिडा र पस्चाताप, यौवनमा होष गुमाउँदा भोग्नुपरेका शारीरिक मानसिक तनाव , प्रेम,वियोग,पिडा,विवशता छन् ।

संघर्ष,सपना र खुसी,मात्र औपचारीकतामा सिमित सम्बन्ध र त्यस भित्रका सकस छन् ।

वैदेशिक रोजगारी लगायतका विविध कारणहरुले आत्मियतामा आएका दरार र उजाडिदैं गरेका कयौ घरवारहरू, सबन्ध भित्रैको विरानोपन र छटपटी छन् ।

मानिसहरुका आत्मा केन्द्रित सोच महत्वकांक्षा,लालसा र व्यभिचारहरू देख्न पाईन्छन् र पाइन्छन् संस्कृति,परम्परा र प्रथाका नाममा हुने शोषण, विभेद र उत्पीडनका कुरूपताहरू नियाल्न पनि । मानिसहरुका मायाप्रिति,सुस्केरा, दुःख,पिडा र आँसु र घात अनुभूत गर्न सकिन्छ ।

यति भएर पनि जिन्दगी बाँच्ने सकारात्मक समाधान सहितको समापन भेटिन्छ ।

वहाँका कथाहरुले आँखाहरु भिजाउँछन्, मुटु बिझाउँछ्न् जीवन र जगतलाई स्पष्ट बुझाउँछ्न् ।

जीवन बाँच्ने,आँशु लुकाएर हाँस्ने कला र धैर्यता ,साहस र सहनशीलता जस्ता पाठ सिकाउँछन् ।

‘सम्बन्धको दोबाटो’ ले नेपाली साहित्याकाशमा कालजयी कृतिको रूपमा आफूलाई स्थापित गर्न सफल हुनेछ भन्ने मलाई लाग्दछ ।

सार्वजनिक भएको सम्बन्धको दोबाटो कृतिको सम्भवत:यो नै पहिलो समिक्षा हुनुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend