logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“लाउरे एन्ड दाउरे” निर्देशन गर्दै विल्सन विक्रम राई


  • जन आकाश
  • आइतबार, माघ ७ २०८०

काठमाडौं । अभिनेता विल्सन विक्रम राई फिल्म “लाउरे एन्ड दाउरे” निर्देशन गर्दैछन् । यसै फिल्ममार्फत उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।



फिल्ममा अभिनेता दयाहाङ राई, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहनेछ । बुधबार विल्सन र विजयबीच औपचारिक सम्झौता भएको हो । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री अन्य कलाकारको केही समयमा टुंगो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो। कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको कथा विल्सनले नै लेखेका हुन् । यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले “लाहुरे एन्ड दाउरे” को निर्माण भने एक्लै गर्नेछ। फिल्मको निर्मातामा सरिना लामा छिन्। फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend