logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उत्कृष्ट बलिङसँगै पाकिस्तानले अन्तिम खेलमा न्युजिल्यान्डलाई हरायो


  • जन आकाश
  • आइतबार, माघ ७ २०८०

एजेन्सी । पाकिस्तानले अन्तिम तथा पाँचौं टी-२० आई खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ । ब्याटिङमा सामान्य प्रदर्शन गरे पनि बलिङ उत्कृष्ट गर्दै पाकिस्तान क्लिनस्वीप हुनबाट बचेको हो ।  यस खेलमा पराजित भए पनि पाँच खेलको सिरिज उपाधि न्युजिल्यान्डले ४–१ ले ले जित्यो ।



जितको लागि १३५ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्ड १७.२ ओ भरमा ९२ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले २२ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २६, फिन एलेन २२, टिम सिफर्ट १९, रचिन रविन्द्र १ र विल योंग १२ रनमा आउट भए ।

पाकिस्तानका पार्टटाइम स्पिनर इफ्तिखर अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । शाहिन शाह अफ्रिदी र मोहम्मद नवाजले २–२ तथा जमान खान र उस्मा मिरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ३८ बलमा ४ चौकासहित सर्वाधिक ३८, बाबर आजम २४ बलमा १३, मोहम्मद नवाज १, इफ्तिखर अहमद ५ र सहिबजाद फहरानले १९ रनमा आउट भए ।

न्युजिल्यान्डका टिम साउदी, म्याट हेनरी, लोकी फर्गुसन र ईश सोधीले २–२ विकेट लिएका थिए । सुरुवाती चार खेलमा न्युजिल्यान्ड ४६ रन, २१ रन, ४५ रन र ७ विकेटले विजयी भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend