logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तराईमा हुस्सु र कुहिरो, हिमालमा हिमपातको सम्भावना


  • जन आकाश
  • बुधबार, माघ १० २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका अधिकांश भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । केही ठाउँमा शीतलहर समेत चलेको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति मुलुकका अधिकांश भागमा मौसम सफा रहने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हिमपातको सम्भावना छ । मुलुकका विभिन्न भागमा हुस्सु, कुहिरो तथा हिमपात हुनसक्ने भएकाले यसबाट हुने असरबाट जोगिन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend