logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बालकुमारी घटनामा मारिएका दुई युवाको परिवारलाई १०/१० लाख राहत


  • जन आकाश
  • बिहिबार, माघ ११ २०८०

काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ ।



मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०र१० लाख रुपैयाँ प्रदान गरिएको हो । सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो ।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो । घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो । पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनु पर्ने माग गर्दै आन्दोलन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend