logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल बिधार्थी संध कान्तिपुर क्याम्पसको इकाई सभापतिमा रोशन कार्की


  • जन आकाश
  • सोमबार, माघ १५ २०८०

काठमाडौँ । राजनीतिमा सानैदेखि रुचि, निकै चुलबले सोभाव भएका रोशन कार्कीले कान्तिपुर क्याम्पसको इकाई सभापतिको जिम्मेवारी पाएका छन्। अन्य संगठनलाई चुनौती दिन सक्ने साहसी, निडर र लगनशील ब्यक्तिको रुपमा रहेका कार्कीले कान्तिपुर क्याम्पस नेपाल विद्यार्थी संघको रिक्त रहेको इकाई सभापति पदको जिम्मेवारी पाएका हुन्।



कार्कीले इकाई सभापतिमा निर्बिरोध मनोनयन भएको नेपाल विद्यार्थी संघ कान्तिपुर क्याम्पस इकाईले जनाएको छ। नेबिसंघ कान्तिपुर क्याम्पसको इकाई सभापतिको जिम्मेवारी पाएपछि कार्कीले टुहुरो भएको नेबिसंघमा आफू राजनिती गर्न नआएको बताँउदैँ गरिब विद्यार्थीको हक अधिकार सुनिश्चित गर्न र क्याम्पस मा आइपर्ने विद्यार्थीको समस्याको समाधान गर्न, क्याम्पसमा हुने शैक्षिक माफिया र लुटतन्त्रको अन्त्य गर्न आएको बताएका छन्।

अब नेतृत्वको जिम्मा आफ्नो काधँमा आएको अनुभूती भएको धारणा व्यक्त गर्दै सहि गन्तव्यसम्म शिक्षा क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend