logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

साहित्यकार समाज सेवी रत्न प्रसाद ‘अनामर्नी श्रेष्ठको सुक्ष्म जीवनी


  • जन आकाश
  • मंगलबार, माघ २३ २०८०

काठमाडौं । रत्नप्रसाद अनामनी श्रेष्ठको जन्म बि.सं.२०२६ असोज ६ गते काभ्रे जिल्ला उग्रचण्डी नाला टुपिचा टोल हाल बनेपा नगरपालिका वडा नं.४ नालामा भएको हो ।



पिता लालबहादुर श्रेष्ठ र माता जनकमायाका द्वितीय पुत्रको रुपमा जन्मिएका उनको बाल्यकाल मातापिता र परिवारका साथ सामान्य नागरिक सरह बित्यो । पुर्खाको कृषि पेशा भए पनि दुई चार पुस्तादेखी ब्यापार ब्यबसाय गर्दै आएका रहेछन । बाल्यकालदेखि नै बाबु ,आमासँग कहिले खेतबारी कहिले ब्यापार ब्यबसायी गर्दा गर्दै दुबैतिरको कामकाजी सिकेका थिए । अलि ठुलो भएर कखरा सिकेपछि घर नजिकको चण्डेश्वरी माध्यमिक बिधालयमा कक्षा १ मा भर्ना भई बि.सं.२०४३ सालमा एस एल सि उत्तीर्ण गरे ।

एस एल सि पछि भक्तपुरको भक्तपुर बहुमुखी क्याम्पसबाट आई एस्सि भौतिक बिज्ञान २०४७ मा पास गरे । उनी हरेक कुरा आफ्नो मनले गहिरिएर सोचेर र आफू भन्दा ठुलासंग सोधेर गर्दथे । यसैबीच २०४६ आफूू पढेको विद्यालयको शिक्षक पदमा जागीरे भए त्यस समयको नेपालको परिवेशमा बिश्वब्यापीकरणको असर, अनियन्त्रित जनसंख्या वृद्धि, बढदो शिक्षित बेरोजगार आदि इत्यादिले गर्दा स्थिति भयावह थियो । देशमा उत्पादनमुलक उद्योगधन्दा नभएको कारण व्यापार व्यवसाय फस्टाउन सकेको थिएन । त्यही समय अनामणीलाई उद्योगधन्दा स्थापना गर्न तर्फ सोच आयो । आफू भक्तपुर बहुमुखी क्याम्पसमा अध्ययन गर्दा उनले भगवती पाउरोटी उद्योग स्थापना गरिसकेका थिए ।

उनी जे काम गर्दा नजिकबाट अध्ययन गरेर त्यसको पक्ष बिपक्षसमेत विश्लेषण गरि काम गर्दथे । उद्योग स्थापना गर्न पनि उनी उत्सुक थिए । आफ्नो क्षमता भित्रको उद्योगहरू अनामणी प्रकाशन, अनामणी ग्रुप अफ इडष्ट्रीज (पानी उत्पादन तथा प्रशोधन) मनिरत्न मल्टीप्लाष्ट इडष्ट्रीज (पानीको बोतल तथा प्लास्टिक पाइप),अनामणी एग्रो टेक एन्ड अल्टरनेटिभ इनर्जी, भिनेक्स कपी उद्योग, निस्पक्ष मिडिया प्रा.लि (खोज अनलाइन, खोज टिभी,खोज रेडियो) उग्रचण्डी कपडा पसल, शान्ति टेलर्स तथा डसना सिरक उद्योग जस्ता उद्योग काठमाडौंमा संचालन गरी उद्योगीको पहिचान बनाएका छन् । उद्योग स्थापना हूूदै जादा आफ्नो बसाई पनि काठमाडौं सारे २०५९ सालमा शिक्षकको जागिर राजीनामा दिए ।

यसरी उद्योगहरू स्थापना गरी करिब सय जनालाई रोजगारी दिन सफल भएका छ्न् । काम गर्दै जाँदा देशमा सधैं जसो हडताल, नेपाल बन्द, तालाबन्दी, चन्दा असुली, सामान उत्पादन गर्ने अर्को उद्योगले उत्पादन बजारमा सस्तो आउने राम्रो र नराम्रो ग्राहकले नहेर्ने, खाली सस्तो मात्र हेर्ने, सरकारको सहयोग र निगरानीको साटो वेवास्ता गर्ने आदि कारणले हालसम्म आइपुग्दा केही नगण्य उद्योग मात्र बाँकी रहेर प्रायः बन्द भइसकेका छन् ।

यसरी एउटा मान्छे उद्योगधन्दा, बच्चाहरूको पढाई, जागिर लगायत कामले बेफुर्सद हुँदा पनि बेफुर्सदको बीच धारबाट फुर्सद निकाली स्व अध्ययन गरि पढाइलाई निरन्तरता दिएर २०५१ सालमा शिक्षाशास्त्रमा स्नातक र २०५३ मा नेपालीमा स्नातकोत्तर उत्तीर्ण गर्नु सफल भए । हुँदै जाँदा २०५६ सालमा भक्तपुरको लोकसाहित्य परम्परा विषयमा महेन्द्र संस्कृत विश्व विद्यालयबाट विद्यावारिधी प्रवेश परिक्षा उत्तीर्ण गरी भर्ना भए । २०५६ बाटै कक्षा पनि सुरु भयो । अनामणीले पनि कक्षामा भाग लिए तर विभिन्न ब्यक्तिगत कामका बाबजुद घर बनाउने काम समेतले गर्दा विद्यावारिधी गर्ने अधुरै रहयो ।

जीवनलाई अत्यन्तै व्यस्त राख्न रुचाउने साहित्यकार अनामनी साहित्यतर्फ पनि त्यतिकै सौखिन व्यक्ति हुन् । उहाँ व्यस्ततालाई पनि पन्छाएर साहित्य साधाना पनि गरेर धेरै प्रकारका साहित्य बिधामा पुस्तक छपाएर सेवा दिइ रहेका छन् । उनका साहित्यमा करिब तीनदर्जन पुस्तकहरू प्रकाशित भइसकेका छ्न । त्यसबाहेक उनी अहिले पनि पुस्तक लेखी रहेका छन् ।

समाजसेवा भनेपछि सानैदेखि हुरुक्क हुने उनी दर्जन भन्दा बढी संस्थाहरूमा विभिन्न पदहरुमा संलग्न छन् । समाज सेवा र साहित्यिक कामको कतैबाट निमन्त्रणा आएमा सम्भव भएसम्म उक्त कार्यक्रम उपस्तिथित हुने उनको बानी छ । समाज सेवाकै क्रममा विशेषगरि शिक्षा क्षेत्रमा बढी रमाउने अनामणी अध्ययनमा पछि परेका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने र सहयोग गर्ने समेत गर्दछन् ।

यसरी अनेकतिर हात हालेर सफलतापुर्वक काम गर्न क्षमता राख्ने अनामाणिले २०५२ सालमा बनेपा निवासी कृष्ण बहादुरकी सुपुत्री शान्ति श्रेष्ठसँग बिवाहा बन्धनमा बाधिए । शान्ती – अनामणीको दम्पतिको दुई सन्तान (छोराहरू) भए । समय सापेक्ष शिक्षा दिएर अनामणी दम्पतीले जेष्ठ सुपुत्रलाई मेडिकल डाक्टर बनाए भने कान्छा सुपुत्रलाई कम्युटर इन्जिनियर पढाए । छोराहरूलाई समाजमा सामाजिक मान्यता अनुसार चल्न सिकाए । जेष्ठ सुपुत्र डाक्टर रुजेन श्रेष्ठ बनेपाको शिर मेमोरियल अस्पतालमा काम गरिरहेका छ्न भने कान्छा सुपुत्र ई. सुजेन श्रेष्ठ इन्फोसिस डेप्लोपर हुन । यसरी उद्योग गरी छोराछोरी पढाएर , समाजमा सक्षम बनाए कुशल अभिभावकको भुमिकामा अनामणी अगाडी छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend