जन आकाश
जयराम बिडारी
काठमाडौं । नागार्जुन साहित्यिक प्रतिष्ठान , परिवर्तित नाम नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा निरन्तर रुपमा संचालन गरिने“सुप्रभात काव्य गोष्ठी” इजी वे सहकारी संस्थाको अद्वैतमार्ग स्थित सभाहलमा सम्पन्न गरिएको छ ।
नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको सभापतित्व तथा प्रमुख अतिथि नेपाली केन्द्रीय विभाग किर्तिपुरका प्रा.डा.नारायणप्रसाद गड्तौलाको समालोचकीय भूमिकामा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक सिडियो तथा साहित्यकार अमर दीप सुनुवारको विशेष आतिथ्यमा १७ साहित्यकारहरुको सम्मिलितमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा गङ्गा प्रसाद भेटुवाल द्वारा झापालीलाई शंका नगर गीत,गंगा खतिवडाद्वारा नागार्जुन तिमिलाई के भनौं रु कविता प्रकाश कोईराला छुच्चो कविता, नविन ‘पल्ल्लव’ द्वारा सिरुपाते खुकुरी राष्ट्रवादी कविता,सुशान्त न्यौपानेद्वारा तारकेश्वर नगरपालिकाको पर्यटकीय वर्णन सहितको गीत, शिवहरी पाण्डेद्वारा समसामयिक विषयवस्तुमा आधारित बाँदरको घोषणापत्र कविता , बलराम बिष्टद्वारा पान कविता
जयराम बिडारीद्वारा मुक्तक, रुबि सत्यालद्वारा संघर्षरत बा हरुमा समर्पित ‘बा’ कविता प्राज्ञ चेतनाथ धमलाद्वारा टुक्रा तथा धमिरा शिर्षकको चोटिलो कविता,माधव घिमिरे ‘अटल’ द्वारा सपनाको महानगर कविता, नागार्जुन साहित्यिक प्रतिष्ठानका निवर्तनान अध्यक्ष प्रकाश सिलवालद्वारा प्रतिष्ठानको साहित्यिक गतिविधिका बारेमा चर्चा गर्दै प्रतिष्ठानको स्थापनामा स्वर्गीय दाहाल यज्ञनिधीको भूमिकाका बारेमा प्रकाश पार्दै कविता वाचन गरिएको थियो ।
सो कार्यक्रममा हालसालै दिवंगत भएका हेम पौडेल, तथा बिके पाल्पली र यादव थपलिया लगायतलाई श्रद्धाञ्जली अर्पण गर्दै प्रिय तिमिले त्याग्नुपर्छ कविता वाचन गरिएको थियो । साथै कवि तथा संचारकर्मी रेणुका भट्टराईद्वारा पत्रकार तथा साहित्यहबि। के। पाल्पालीको ३ हाइकु वाचन गर्दै ‘म पनि मान्छे हुँ’ कविता सुनाइएको थियो , यसैक्रममा बिशेष अतिथी ललितपुर जिल्ला प्रशासन कार्यालय ललितपुरका साहयक सिडियो तथा कवि अमर दीप सुनुवारद्वारा’सहिदगेट संगका यक्षप्रश्न’ कविता वाचन गरिनुका साथै कार्यक्रमका संचालको भूमिका समेत निभाएका युवराज नास्तिकद्वारा’ठूटो चुरोट’ कविता वाचन गरिएको थियो । कवि अर्पणा खड्काद्वारा शिर्षक बेनामे कविता तर सशक्त रुपमा प्रस्तुत गरिएको थियो ।
यसैक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति दिल पौडेलद्वारा संस्थागत गतिविधिका बारेमा प्रकाश पार्दै ‘सिडियोको सेतो घोडा नामक ब्यंग्य कविता वाचन गरिएको थियो । कार्यक्रमका समिक्षकको भूमिकामा समेत रहेका प्रमुख अतिथि प्रा.डा. नारायणप्रसाद गर्तौलाद्वारा समिक्षाका क्रममा रचनाको भावनाको गहनताको महत्तालाई कविको प्रतिभाको प्रस्फुटनका निर्माणमा लगानीको प्रतिफलको रुपमा प्रशंसित गरिनुपर्ने बताउंदै सिद्धांतका आधारमा लेखिएका कवितालाई कविताको आधारमा सिद्धांत बनाइनुपर्ने उल्लेख गर्दै कवि हृदयले बिशालता सिंचन गरिनुपर्छ ।
कवितारुपी सौन्दर्यको पारख पाठकले गर्ने पीडाको बीचमा पनि मानवताको आकांक्षाको खोज गरिएको सृजना जीवन्त हुने बताउंदै शाशक बर्गले ज्ञानीजनको उपेक्षा गरिने बर्तमान अवस्थालाई सुक्ष्मरुपमा सुन्दर ढंगले समिक्षा गरिएको थियो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend