logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

हुम्लाको परिवेशमा हुकुमी शासन भन्दा विकासको खाँचो


  • जन आकाश
  • बुधबार, माघ २४ २०८०

काठमाडौं । कर्णाली प्रदेशको एक विकट जिल्ला हुम्ला जुन चाहिँ तिब्बतसँग सिमा जोडिएको छ, हुम्ला आफैंमा सुन्दर जिल्ला हो जहाँ हिउँद हिउँ परिजान्छ बर्खा फुल्छ लालीगुराँस हुम्ला लाई चिनाउने एउटै भाका छ ( रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरमा हुम्ला कहिले मोटर आउला बसेकै छु रहरैमा) यो मार्मिक भाकाले हुम्ली जनताको आँखाबाट मात्रै होईन देशबासीको आखामा समेत आँसु रसाएको छ ।



।यो रसाउने काम मेरो जिल्लाले कहिले सम्म गर्छ तर जिल्लाको राम्रो पक्ष र नराम्रो पक्षको आलोचना गर्न पाउनु सबैको अधिकार उत्तिकै महत्त्वपूर्ण हुन्छ आफ्नो जिल्ला विकास भए खुसी हुने नभए दुखी हुने यो प्राय मानिसहरुमा हुन्छ र हुनु पनि पर्छ । हुम्ला परिवर्तन धेरै भएको छ तर सङ्सगै हुकुमी शासन कायमै रहेको छ ।

देशमा १०४ वर्ष राणा शासन अन्त्य त भयो तर हुम्लामा भने अन्त्य भएकै छैन । यो हुम्लामा बोल्ने जति करोडपति बोल्न नसक्ने जति जिरोपती छन् । संविधान के का लागि र सुशासन के का लागि /यसरी कहिले सम्म चल्छ त हुम्ला हुन्छ चाहिँ कहिले पुर्णरुपमा विकास योजना गए अनुसारको हुम्ला जिल्लाको विकासले निकास कहिले पाउछ तरु त्यसैले सबैले सोच्नै पर्छ आफ्नो घर राम्रो भए बाहिरी हेर्ने मान्छेले नि मन लोभ्याउने गर्छ । जिल्ला , गाउँपालिका, वडामा गएको बजेट राम्रो शीत कार्यनयन हुनुपर्छ  पाटिगत रुपमा जिल्ला विकासको सोचाइ हटाउनै पर्छ । जुन पाटिको व्यक्ति भए पनि १ जिल्ला एउटै हो हिड्ने बाटो एउटै हो  त्यसैले सेवासुविधा समान तरिकाको हुनुपर्छ ।

अनि मात्रै जिल्लाले विकासमा निकास पाउछ । जुन व्यक्तिको leadership राम्रो छ उसले बिकासका कार्यहरू गर्न पाउनु पर्छ । दमन ,अत्याचार , शोषण जस्तो अनैतिक क्रियाकलापको राजनीतिले कहिले पनि जिल्लामा राम्रो नितिको तर्जुमा गर्दैन । यो कुरा सबैले बुझ्न जरुरी देखिन्छ । पावरको भरमा जिल्ला भित्र गरिने क्रियाकलापको अन्त्य गर्नु पनि पर्छ । एउटा पाटीले गर्दा जिल्ला परिवर्तन हुदैन , जिल्ला परिवर्तन हुन सबै पाटिको सहभागिताले हुन्छपर्छ ।

तर हुम्लामा रिसापास गर्छन यसको सरकार ढाल्न पाए मेरो सरकार आउने थियो भन्ने सोचाइ राख्छन , विपक्ष पाटिले नि बाहिरी रुपमा सहयोग गरे जिल्ला त्यतिकै परिवर्तनको शिखरमा चुनिहाल्छ । त्यसैले हुम्लामा अब पनि हुकुमी चलाउने हो भने परिवर्तन हुन धेरै समय लाग्ने छ ।

आफ्नो मौलिकताको ह्रास हुनेछ । सुन्दर वातावरणको विनाश हुनेछ । त्यसैले हुम्ला परिवर्तनको खाचो छ १ विकासको खाचो छ । जिल्ला विकासको लागि नेता नै हुनुपर्छ , पाटिको कार्यकर्ता हुनैपर्छ , कर्मचारी हुनैपर्छ , कुनै पदमा बसेको हुनैपर्छ भन्ने हुदैन एउटा सामान्य योजना चलाउने मान्छेले नि धेरै परिवर्तन गर्न सक्छ । यो भावना जिल्लाप्रेमीहरुमा हुनु पर्यो । दुर्गमबाट सुगममा रुपान्तरणको खाचो छ ।  अब सोचौ बेलैमा , जागौ बेलैमा, गरौँ बेलैमा, सपरौ बेलैमा , सपार्न नसके भाकोलाई बिगार्ने काम नगरौं  ।
देवजङ्ग शाही
नेविसंघ हुम्ला-काठमाडौ सम्पर्क समिती
सह-सचिब

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend