logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सूचक प्रकाशनको “चेतनाको चिराग बाल्ने” अर्को अभियान शुभारम्भ


  • जन आकाश
  • बुधबार, माघ २४ २०८०

काठमाडौं । पुस्तकालय समुद्घाटन तथा पुरस्कार अर्पण – माधव घिमिरे “अटल” प्रकाशन, समाजका उलब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान र वितरणको कामलाई चुस्तरूपमा अघि बढाइरहेको सूचक प्रकाशनले चेतनाको चिराग बाल्ने अर्को अभियानको पनि शुभारम्भ गर्ने भएको छ ।



सो सिलसिलामा यही माघ २७ गते, शनिवार काठमाडौँको धर्मस्थलीमा केदारनाथ-लीलादेवी पुस्तकालय समुद्घाटन समारोह आयोजना गर्न लागेको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले जानकारी दिए ।

भेटुवालका अनुसार सोही कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शैक्षिक अभियन्ता तीर्थप्रसाद ढकाललाई केदारनाथ शिक्षा पुरस्कार अर्पण गरिनेछ भने फोक्सोमा देशकी सर्जक स्थानीय कवि दिलकुमारी डङ्गोललाई लीलादेवी साहित्य पुरस्कार प्रदान गरिने छ ।

त्यसरी नै आफ्नो संयोजकत्वमा गठित समितिले उहाँहरूलाई छनोट गरेको डा. घनश्याम पुडासैनीले अवगत गराए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend