logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी


  • जन आकाश
  • बिहिबार, माघ २५ २०८०

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेका छन् ।



बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नाउपा लगायत दलका नेताहरु सहभागी छन् । बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यान्वयन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल २२ फागुनमा सकिन लागेकाले नयाँ अध्यक्ष चयन गर्न लागिएको हो । नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ । यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अध्यक्षमा दाबी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend