जन आकाश
काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले यही २०८० माघ २० गते शनिबार सहिद दिवस सप्ताहको अवसरमा उनन्चासौं अनलाइन कार्यक्रम सम्पन्न गरेको छ । सहिदमा समर्पित सुसेली गायन र वाचनको कार्यक्रम, सुसेली मञ्चका संस्थापक अध्यक्ष तथा सुसेली विधाका प्रवर्तक दुर्गा अधिकारी भमरकोटेको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन कवि साहित्यकार, सुसेली विधाकी अभियन्ता तथा सुसेली मञ्च नेपलकी केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारीले गर्नु भएको थियो ।
सहिद दिवस विशेष सुसेली गायन र वाचन कार्यक्रममा सरिक १६ जना उत्कृष्ट सुसेली सर्जक कवि साहित्यकारहरूले त्रिपदीय नेपाली लोकलय, पुर्वीय, पश्चिमी, काँठे भाका, भजन र लोकभाका लगायत फरकफरक लयमा सहिदको सम्मानमा श्रद्धाञ्जली सहित सुसेली गायन र वाचन गर्दै सुसेलीहरू प्रस्तुत गर्नु भएको थियो ।
आजको यो विशेष दिनमा विशिष्ट कवि द्वय कवि कलानिधि दाहाल र कवि डाक्टर ठाकुर मोहन श्रेष्ठले कुरा भन्दा पनि व्यबहारले सहिदहरू प्रति सम्मान र सद्भाव देखाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
भने अन्य १६ जना अतिथि कवि साहित्यकारहरूलाई कार्यक्रममा स्वागत गर्दै सुन्दर लोकलयका सुसेलीहरू सुन्ने र सुनाउने अवसर पाएकोमा अत्यन्तै हर्ष लागेको र संख्यात्मक भन्दा पनि गुणात्मक कविहरूको उपस्थिति हुँदा कार्यक्रम भव्य र सभ्य हुँनुका साथै कविहरूले आफ्ना उत्कृष्ट सुसेली सिर्जनाहरू सुनाउने अवसर पाउँनु भयो र सहिदमा समर्पित सुसेली गायन अत्यन्तै मन छुने हुनुका साथै उत्कृष्ट सुसेलीहरू प्रस्तुत गर्नुहुने सबै कविहरू प्रति आभार व्यक्त गर्दै सभापति भमरकोटेले वेदविज्ञ तिलकप्रसाद लुइँटेल स्मृति कोष स्थापना भएको र यसमा रकम थप गर्न चाहाने साथीहरूले सुसेली मञ्चका पदाधिकारीलाई सम्पर्क गर्ने सुचना सुनाउँदै कार्यक्रमलाई भव्य तथा सभ्य तवरमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद भन्दै कार्यक्रमको समापन गर्नुभयो ।
कार्यक्रममा उपस्थित सहभागी अतिथि कवि साहित्यकारहरू निम्न अनुसार हुनुहुन्छ । कवि सुरेशचन्द्र घिमिरे, घनश्याम पौडेल, जानुका थापा रायमाझी, चन्द्रावती अधिकारी, ललिता दोषी, चन्द्रा न्यौपाने, पुनम घिमिरे, सविता केसी, सुचिता काफ्ले, कल्पना भट्टराई ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend